Erani Mahal
निस्दीमा डढेलो नियन्त्रण सम्बन्धि अन्तरक्रिया गोष्ठी सम्पन्न
nii
पाल्पा - निस्दीको गल्धामा डढेलो नियन्त्रण सम्बन्धि अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ । बुढीकोट सामुदायिक वन उपभोक्त समुहकाे आयाेजना तथा निस्दी सव डिभिजन वन कार्यालय मित्याल, पाल्पाको समन्वयमा गोष्ठी भएको हो । गल्धाको गल्धाफाँटमा भएको गोष्ठीमा यहाँको विभिन्न सामुदायिक वनका एक सय बीस जना उपभोक्ताहरुको सहभागिता रहेको थियो । गोष्ठीमा वन जंगलमा आगलागीबाट हुने हानी नोक्सानी, आगलागीबाट वन जंगललाई बचाउने उपाय तथा वनमा आगाे लगाएमा हुने कानुनी दण्ड जरिवानाको बारेमा छलफल गरिएकाे थियाे । बुढीकोट सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष हिम बहादुर थापाकाे अध्यक्षतामा भएको गोष्ठीको सहजीकरण निस्दी सव डिभिजन वन कार्यालयका प्रमुख नन्द प्रसाद अधिकारी र सामुदायिक वन उपभोक्ता महासंघका निस्दीका अध्यक्ष विष्णुदेव सोमइले गर्नुभएको हो । पछिल्लो समयमा आगलागीका घटनाहरु भने व्यापक रूपमा भएको देखिन्छ । यस्ता घटना हुन नदिनु तपाईं हामी सबैको कर्तव्य हो ।
प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  ०७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update