Erani Mahal
शैक्षिक सुधारका लागि निस्दी मित्यालमा अन्तरक्रिया कार्यक्रम
Niom (1)
पाल्पा - निस्दी गाउँपालिका, पाल्पामा शैक्षिक सुधारका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गत जेठ १ गते बाकामलाङबाट शुरु भएको वडा स्तरीय अन्तरक्रिया ७ गते मित्यालमा सम्पन्न भएको हो । निस्दी गाउँपालिका पाल्पाको आयोजनामा सन्चालन भएको अन्तरक्रियाले निस्दीको शैक्षिक क्षेत्रमा उपलब्धि हुने देखिन्छ । निस्दी -४, मित्यालमा भएको अन्तरक्रियामा बोल्नुहुँदै गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले निस्दीमा गाउँ शिक्षा ऐन तथा नियमावली बनाउने प्रक्रियामा रहेकोे बताउनुभयाे । अध्यक्ष सारुले सिकाइ उपलब्धि वृद्धिको लागि सबैभन्दा महत्त्वपूर्ण भुमिका शिक्षकको रहने भएकोले आफ्नो पेशाप्रति जिम्मेवार भएर लाग्न अनुरोध गर्नुभएको छ । निस्दीमा शैक्षिक सुधारको लागि तल्लो तहबाट शुरूवात गर्ने बताउनुहुदै अध्यक्ष सारुले आगामी दिनमा सबै पक्षलाई समेटेर अगाडि बढने बताए । गाउँपालिका उपाध्यक्ष तिरन कुमारी श्रेष्ठले शैक्षिक सुधारका लागि सबै पक्ष मिलेर अगाडि बढनुपर्ने बताउनुभयाे । प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले शिक्षक समाजको ऐना रहेको बताउनुहुँदै शैक्षिक अभियानताका साथै गुणस्तरीय शिक्षामा शिक्षकको भुमिका महत्त्वपूर्ण रहने बताउनुभयाे । साथै दयालले विद्यालयमा विद्यार्थी संख्या घटदैमा चिन्तित हुन नपर्ने बताउनुहुँदै थोरै विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन सकेमा विद्यार्थी संख्या आफै बढ्ने बताउनुभयाे । कार्यक्रममा नेकपा एमालेका मन प्रसाद सोती, नेपाल राष्ट्रिय शिक्षक संगठन निस्दीका अध्यक्ष लोक बहादुर सारु, गौरीशंकर माध्यमिक विद्यालयका प्रधानाध्यापक केश बहादुर सुनारी लगायतले बोल्नुहुँदै निस्दीमा शैक्षिक सुधारका लागि सञ्चालन गरेको यो अभियान प्रशंसा लायक रहेको बताएका छन । अन्तरक्रियामा शैक्षिक शत्र २०७९ सालको शैक्षिक उपलब्धिको समिक्षा, भावी कार्ययोजना, बालमैत्री विद्यालयको सुचक बारे छलफल गरिएको छ । अन्तरक्रियामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष र प्रत्येक विद्यालयका शिक्षक तथा कर्मचारीको सहभागिता रहेका थिए । वडा अध्यक्ष सन्तवीर सुनारीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रमको सहजीकरण बेस नेपालका कार्यकारी निर्देशक शालिकराम पाण्डे, बाल कल्याण अधिकृत कुश्माखर पाण्डे र शिक्षा शाखा संयोजक नर बहादुर थापाले गर्नुभएको हो । निस्दीमा हाल ५२ वटा सामुदायिक विद्यालय रहेका छन ।
प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  ०६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update