Erani Mahal
पाल्पामा जिप दुर्घटना : तीन जनाकाे मृत्यु, १२ घाइते
accident palpa21
पाल्पा - जिल्लाको रैनादेवी छहरा–८, सत्यवतीस्थित केवरेडाँडामा बलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । घटनामा परी १२ जना घाइते भएका छन् । आइतबार बेलुकी रुपन्देहीको सालझण्डीदेखि अर्घाखाँचीकाे पडेनातर्फ गइरहेको लु १ च ९०२४ नम्बरको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । जिप साढे ५ बजेतिर दुर्घटनामा परेको हाे । मृतक दुई महिला र एक पुरुष रहेका छन् । घाइतेहरूलाई उपचारको लागि बुटवलतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । दुर्घटनामा घाइते र मृतकको पहिचान हुन सकेको छैन । दुर्घटनाको कारण खुलेको छैन ।
प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update