Erani Mahal
दमकडा माविले विद्यार्थी, अभिभावक र शिक्षक बीच शैक्षिक अन्तर्कृया
दम
पाल्पा - जिल्लाको दमकडा नमुना माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत ९८ जना विद्यार्थी , अभिभावक र शिक्षकहरु बीच शैक्षिक अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका सदस्य कल्पना अधिकारीकाे अध्यक्षता , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेशकुमार अर्यालकाे प्रमुख आथित्यता र माध्यमिक तह संयाेजक इन्द्रराज श्रेष्ठको सञ्चालनमा २ चरणमा सञ्चालन भएको कार्यक्रमकाे पहिलो चरणमा शिक्षक रिता सिलवालले वालवालिकाकाे शैक्षिक विकासमा अभिभावककाे भूमिका विषयमा प्रस्तुति गर्नुभयाे , अभिभावक सँग धारणा लिने काम भयो । दाेस्राे चरणमा अभिभावक , विद्यार्थी र शिक्षकहरु सँगै बसेर SEE परीक्षा तयारीका बारेमा छलफल , प्रतिबद्धता र याेजना निर्माण गरिएको छ । कार्यक्रममा अभिभावककाे तर्फबाट रुमकला पाण्डेले धारणा राख्नु भयो , शिक्षक धनपति गैरेले पढ्ने समय, स्वास्थकर जीवनशैली र पाैष्टिक आहारकाे बारेमा र शिक्षक जीवन आचार्यले ICT काे प्रयोग , सामाजिक सञ्जाल र अध्ययनमा सहयोगी एपकाे प्रयोगकाे बारेमा धारणा राख्नु भयाे । सहायक प्र.अ. हाेत्रिराज ढुङ्गानाले अतिरिक्त कक्षा सञ्चालन याेजना प्रस्तुत गर्नु भएको थियोे । प्रधानाध्यापकले समग्र शैक्षिक अवस्थाकाे विश्लेषण गर्नु भयाे ।
प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update