Erani Mahal
रिब्दीकोटमा बजार अनुगमन,अधिकांस पसलमा म्याद गएको सामग्री
रि
पाल्पा - चाडवाड नजिकिँदै गर्दा बजार अनुगमनलाई स्थानीय प्रशासनले तीव्र बनाएको छ। चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय पाल्पाले रिब्दीकोटको बतासे र कुसुमखोला बजारमा रहेका पसलको अनुगमन गरेको छ । चाडपर्व नजिकिँदै गर्दा खाद्यान्नको मूल्य बढाउने र कृत्रिम अभाव देखाउने भएकाले अनुगमनलाई प्राथामिकतामा राखेको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।बतासे र कुसुमखोलका करिव तिन दर्जज पसल अनुगमन गर्दा अधिकांश पसलमा म्याद नाघेका अखाद्य वस्तुहरु र पेयपदार्थहरु लेभल नगरेका चामल मदिरा लगाएतका बस्तु जफद गरेको छ ।करदाता कार्यालय पाल्पा घरेलु कार्यालय र जिल्ला प्रशासन कार्यालय सहित रिब्दीकोट गाउँपालिकाको संयुक्त टोलीले बजार अनुगमन गरेको थियो । अनुगमन गरिएका सबै जसो व्यवसायीहरुले स्थानीय तहमा व्यवसाय दर्ता नगरेको, मूल्य सूची टाँस नगरेको र म्याद नाघी सकेका खाद्य सामग्री उपभोक्तालाई नबेच्ने गरी छुट्टयाएर अलग्गै राख्ने व्यवस्था नगरेको कारण केही सामान जफत गरि नष्ट गरेको र केही ब्यापारीलाई न्युनतम जरिवाना गरेको जिल्ला प्रशासन कार्यालय पाल्पाका सायक प्रमुख जिल्ला अधिकारी भक्तीसरा रानाले बताउनु भयो । बजार अनुगमनको क्रममा विगतमा भएका अनुगमनको क्रममा दिईएको सुझावहरुको कार्यान्वयन भएनभएको, मूल्य सुची राखेनराखेको, पसल दर्ता गरेनगरेको, खाद्य तथा गैह्र खाद्य सामाग्रीहरुको छुट्टाछुट्टै व्यवस्थापन गरेनगरेको, उपभोग्य म्याद समाप्त भएनभएको नापतौलका सामाग्रीहरु दुरुस्त रहे,नरहेको आदी जस्ता कुराहरुलाई ध्यान दिई मालसामानहरुको विक्रि वितरण गर्न सुझाव दिएको थियो । बजार अनुगमनमा रिब्दीकोट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मदन अर्याल,घरेलु तथा साना उद्योग कार्यालयका श्याम कुमार पौडेल,खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पाल्पाका प्रमुख नरेश श्रेष्ठ,कर दातासेवा कार्यालय पाल्पाका प्रमुख बिमला महत घरेलु कार्यालयका मनोज घिमिरे ,ब्यापार संघ पाल्पा र उद्योग बाणिज्य संघ पाल्पाका पदाधिकारी पत्रकार सुरक्षा कर्मी लगाएतको उपस्थीत रहेको थियो । बजार अनुगमनका क्रममा भेटिएका अखाद्य वस्तु,म्याद गुज्रेका वस्तुहरू सङ्कलन गरेर जलाउने काम औपचारिकतामा मात्रै सिमित गरिएको स्थानीय उपभोक्ताले गुनासो गरेका छन ।
प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update