Erani Mahal
निस्दीको ज्यामिरे बतासामा पहिलो पटक बिजुली बल्यो
nisdi
पाल्पा- निस्दी गाउँपालिका वडा नम्बर-७,ज्यामिरे,बतासा र सिन्दुरे गाउँमा पहिलो पटक बिजुली बत्ती बलेको छ । बिगत लामो समय देखि बिजुली बत्तीको पर्खाइमा रहेका निस्दीको बतासा,सिन्दुरे गाउँमा पहिलो पटक बत्ती पुगेपछि स्थानीय खुशी भएका छन् । सामुदायिक बिद्धुतका लागि पैसा बुझाएको धेरै वर्ष हुँदा समेत बत्ती नपुग्दा निराश भएका स्थानीय जनता अहिले भने उत्साहित भएका छन् । साविक ज्यामिरे गाउँ बिकास समितिको हुबास,चारघरे,सिमलडाँडा लगायतका वडाहरुका उपभोक्ताहरुले यसअघि बिजुली बत्ती उपभोग गरेपनि यो वडा छुटेको थियो । जम्मा ४५ घरपरिवार रहेको उक्त ठाउँको उद्घाटन कार्यक्रममा बोल्नु हुँदै मुख्य पाहुना गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले स्थानीयको मेहनत,साथ र सहयोगले बिजुली बाल्न सकिएको भन्दै सम्बन्धित सबैलाई धन्यवाद दिनुभएको थियो । स्थानीय बासिन्दाको एकता भएमा बिकासका काममा सफलता मिल्ने भन्दै आफुले सधै सकारात्मक सुझाबको अपेक्षा राखेको बताउनुभयो । कार्यक्रममा गाउँपालिकाका वडा नम्बर-६,अर्चलेका वडाध्यक्ष तथा गाउँपालिका प्रवक्ता मेख बहादुर सुनारीले निस्दीलाई विद्धुतलाई प्राथमिकताका साथ कार्यक्रम सन्चालन गरिने योजना रहेको बताउनुभयो । निस्दीमा बिजुली बत्तीको बिस्तारमा भएको ढिलाई बारे सम्बन्धित निकाय प्रति ध्यानाकर्षण गरेको भन्दै ठेकेदारलाई जिम्मेवार बनाउन सबैको खबरदारी हुनुपर्नेमा उहाँले जोड दिनुभयो । वडा अध्यक्ष मुक्त बहादुर पाटाले ज्यामिरेको धेरैजसो टोलमा बिद्धुत बिस्तार कार्य सम्पन्न भएको र बेभोके,रोल्लाबास,मदनपुर लगायतका टोलमा पोल गाड्ने र तार तान्ने कार्यले तीव्रता पाएकोले छिट्टै नै बत्ती बाल्न सफल हुने कुरामा आफु विश्वासत रहेको बताउनु भयो । गाउँमा बिजुली बत्ती आएपछि विद्यार्थीहरुलाई पढ्न,रेडियो सुन्न र टिभी हेर्नका लागि सजिलो हुने र टुकीको भरमा बस्नु नपर्ने स्थानीय शिक्षक टेक बहादुर पल्लीले बताउनु भएको छ । वडाध्यक्ष पाटाको अध्यक्षतामा चलेको कार्यक्रमको सन्चालन राम बहादुर बिकले गर्नुभएको हो ।
प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  ०८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update