Erani Mahal
चिदीपानीको आदर्श स्कुलमा दशैंको झल्को
CamScanner 10-13-2023 17.20_1
पाल्पा – आदर्श आधारभूत विद्यालय माथागढी गाउँपालिका वडा नं १ बुद्धिकोट पाल्पाले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विजयादशमीको शुभकामना आदानप्रदान कार्यक्रम मार्फत दशैंको झल्को दिएको छ । विद्यालयले विद्यार्थीहरुलाई टिका, जमरा दक्षिणा र शुभकामना कार्ड वितरण गरी दशैंको झल्को दिएको हो । कार्यक्रममा माथागढी गाउँपालिका वडा नं १ का वडाध्यक्ष राजकुमार पन्थीले आउँदै गरेको विजयादशमीको अवसरमा शिक्षक र विद्यार्थीहरुलाई शुभकामना दिँदै यसखालको कार्यक्रम विद्यार्थीमा आफ्नो संस्कार र संस्कृतिको बारेमा जानकारी दिनका लागि पनि जरुरी रहेको बताउनु भयो । उहाँले विद्यार्थीलाई व्यवहारिक रुपमा प्रयोगात्मक अभ्यास विद्यालयले सिकाएकोमा विद्यालय परिवारलाई धन्यवाद ज्ञापन गर्नुभयो । विद्यालयकी प्रधानाध्यापक गिरिजा पाण्डेले विद्यार्थीलाई सामाजिक पन सिकाउन कार्यक्रमको आयोजना गरेको बताउनु भयो । शुभकामना आदानप्रदान कार्यक्रममा विद्यार्थीहरुले दशैंको झल्को दिने कार्यक्रम आयोजना गरेकोमा निकै खुसी व्यक्त गरेका थिए । विद्यालयले शुभकामना आदानप्रदान कार्यक्रम गर्न यस अघि नै जमरा राखेको थियो ।
प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  १६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update