Erani Mahal
साहित्यकार ढकालद्वारा लिखित दुई कृतिकाे विमाेचन
kriti bimochan
पाल्पा - साहित्यकार शारदा ज्ञवाली ढकालद्वारा लिखित ‘पोखिएको मन’ कविता सङ्ग्रह तथा ‘गजलश्रु’ गजल सङ्ग्रह विमोचन गरिएको छ । पाल्पा साहित्य समाज प्रकाशक रहेको उक्त दुई कृति जनगायक रामेशले एक कार्यक्रमका बीच विमोचन गर्नुभयो । लक्ष्मी जयन्तीको अवसर पारेर दुई कृषि विमोचन गरिएको हो । सो अवसरमा रामेशले कृतिभित्र समावेश रचनाहरूले आम जनताले भोगेका अनुभूतिलाई शब्दमा अभिव्यक्त गरेको बताउनुभयो । जनतालाई केन्द्रमा राखेर कलाकार, साहित्यकार अघि बढेमा मात्र त्यस्ता साहित्य जीवन्त रहने धारणा उहाँले राख्नुभयो । समाजमा रहेका विकृति, विसङ्गति र विभेद अन्त्यका लागि साहित्य सहयोगी बन्नुपर्ने उहाँको भनाई छ । कृतिका समीक्षक लेखक प्रेमराज खरालले समाजमा भएको राजनैतिक विकृतिप्रति तीव्र आक्रोश, आमाको महिमा, प्रकृतिको चित्रण गरिएको बताउनुभयो । कार्यक्रममा बुद्धिप्रसाद शर्मा, पाल्पा साहित्य समाजका सभापति पुस्करराज रेग्मी, पोखराथोक साहित्य संगमका निवर्तमान अध्यक्ष हरि भट्टराई, इभान ढकाल, राजेन्द्र लिगललगायतले शुभकामना दिनुभएको थियो । कार्यक्रम पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्रगोापाल सिंह, पुस्करराज रेग्मीको संचालन र चित्रवलीराम सुवालको स्वागतमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  १२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update