Erani Mahal
रामपुरमा महिला कानुनी अधिकार सम्बन्धि एक दिने सचेतना कार्यक्रम
IMG_3927
पाल्पा - महिला कानुनी अधिकार सम्बन्धि एक दिने सचेतना कार्यक्रम रामपुर २ पाल्पामा सम्पन्न भएको छ । रामपुर नगरपालिका न्यायीक समितिको आयोजनामा वडा नं. २ र ३ का महिला दिदिबहिनिहरुको सहभागितामा सोमबार कार्यक्रम सम्पन्न गरिएको हो । रामपुर नगरपालिका वडा नं. २ को सभाहलमा भएको कार्यक्रममा महिलाहरुको हक अधिकार , समाजमा हुने महिला हिंसा र यसको कानुनी उपचारको प्रक्रिया लगाएतका विषयमा सहजिकरण गरिएको थियो । कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले सभ्य र हिंसा रहित समाज निर्माणका लागि कसैले पनि हिंसा सहेर बस्न नहुने बताउनुभयो । साथै हिंसा भएको महसुस भए तुरुन्त त्यसको कानुनी उपचार खोज्न महिला दिदिबहिनीहरुलाई आग्रह गर्नु भएको छ । धेरैजसो महिला दिदिबहिनीहरुले पिडा हुन्छ भन्ने डरले हिंसा सहेर बस्दा दिनदिनै हिंसा बढ्दै गएको भन्दै जुनसुकै हिंसाको पनि खुलेर विरोध गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले हिंसा रहित नगर निर्माणका लागि नगरपालिका प्रतिबद्ध भएर लागेको बताउनु भएको छ । यस्तै नगर उपप्रमुख बाल कुमारी थापाले नगरपालिकामा घरेलु , ज्येष्ठ नागरिक ,महिला र बालबालिका हिंसा सम्बन्धि विभिन्न खालका मुद्दा आउने गरेको भन्दै हरेक हिंसाको कानुनी उपचार खोज्न आवश्यक रहेको बताउनुभयो । साथै उहाँले कुनै पनि किसिमको अन्याय नगर्न र नसहन पनि आग्रह गर्नुभयो । नगर उपप्रमुख बाल कुमारी थापाको अध्यक्षतामा भएको कार्यक्रम नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको सहजिकरण स्थानीय शासन तथा लैंगिक शासन विज्ञ सोभिता परियार र रामपुर नगरपालिकाका महिला बालबालिका शाखाका प्रमुख पुजा परियारले गर्नु भएको थियो । न्यायीक समिति सदस्य खेमराज अधिकारीको स्वागतबाट शुरु भएको कार्यक्रमको संचालन न्यायीक समिति सचिवालय सचिव पार्वति परियारले गर्नु भएको थियो ।
प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  ०७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update