Erani Mahal
तानसेनमा मेयर कप सुरु, उद्घाटन खेलमा तानसेन-९, विजयी

 

तानसेन – तानसेनमा बुधबारदेखि सुरु भएको उद्घाटन खेलमा तानसेन ९ विजयी भएको छ । तानसेन १४ लाई ५–० गोल अन्तरले तानसेन ९ विजयी बनेको हो ।

दमकडाका लागि आषिश राना र अंकित मश्राङ्गीले दुई दुई गोल गरे भने जोन मश्राङ्गीले एक गोल थपेका थिए । अर्गलीका खेलाडीले गोल गर्नबाट चुकेका छन् । बिहिबार ७ र ३, शुक्रबार ५ र १ (ख), शनिबार ४ र २, आइतबार ६ संग ५ र १ (ख) को बिजेता, सोमबार १ (क) संग ४ र २ को बिजेता बीच प्रतियोगिता हुने नगर खेलकुद समितिका अध्यक्ष हेमन्तराज शाक्यले जानकारी दिनुभयो ।

Meyar-Cup-1702174756.jpg

 

मेयर कप प्रतियोगिता अन्तर्गत फुटबल, क्रिकेट र व्याडमिन्टन प्रतियोगिता हुने नगर खेलकुद विकास समितिका अध्यक्ष शाक्यले जानकारी दिनुभयो । फुटबल प्रतियोगितामा प्रतियोगितामा विजेतालाई नगद एक लाख, मेडल, ट्रफी र प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ । उपविजेताले नगर ५० हजार, ट्रफी मेडल र प्रमाणपत्र पाउनेछ ।

पहिलो पटक प्रतियोगिता गरेको मेयर कप अन्तर्गत फुटबल प्रतियोगिताको लुम्बिनी प्रदेशसभा सदस्य बीर बहादुर रानाले उद्घाटन गर्नुहुँदै नयाँ खेलाडी उत्पादन गर्न मेयर कप प्रभावकारी बन्ने विस्वास गर्नुभयो । नगरभित्रका खेलाडीहरू मात्र सहभागी हुन पाएको यस प्रतियोगितामाले खेलाडीमा थप हौसला बढाउने उल्लेख गर्नुभयो ।

प्रतियोगिताको व्यवस्थापन जिल्ला फुटबल संघले गरेको नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले जानकारी दिनुभयो । नगर क्षेत्रमा क्रियाशील खेलाडीहरूको अन्तरनिहीत क्षमता र खेल क्षेत्रको विकासका लागि प्रतियोगिता गर्न लागिएको नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । खेलाडीको दुर्घटना विमा गर्न नगर सरकारले आगामी वर्षदेखि ध्यान दिने उहाँले बताउनुभयो ।

 
प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  ०८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update