Erani Mahal
असहाय व्यक्तिलाई न्यानो कपडा वितरण

तानसेन – बैवाहिक वर्षगाँठको अवसर पारेर तानसेनका एक दम्पत्तीले असहाय व्यक्तिलाई न्यानो कपडा वितरण गर्नुभएको छ । बिवाह वर्षगाँठ हुने खर्च कटाएर तानसेनका विष्णु पौडेल र सर्मिला पौडेलले १८ जना असहाय व्यक्तिहरूलाई न्यानो कपडा सहयोग गर्नुभएको हो । 


पौडेल दम्पत्तिले तानसेनस्थित निलसागर हसहाय अशक्त तथा जेष्ठ नागरिक सेवा आश्रमका नागरिकलाई जाडोमा लगाउने न्यानो कपडा प्रदान गर्नुभएको हो ।

kapada-bit-9-1703601571.jpg
 

वर्षगाँठ मनाउँदा हुने फजुल खर्च कटाएर असहाय नागरिकलाई चिसोबाट बच्न न्यानो कपडा प्रदान गरेको पौडेलले बताउनुभयो । 
 

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  २०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update