Erani Mahal
मेयरकप क्रिकेटको उपाधि वार्ड नम्बर १ ‘ए' लाई

पाल्पा - तानसेनमा सम्पन्न प्रथम मेयरकप क्रिकेट प्रतियोगीताको उपाधि वार्ड नम्बर १ ‘ए‘ ले जितेको छ । शुक्रबार भएको फाइनलमा वार्ड नम्बर १ ‘ए‘ ले वार्ड नम्बर ९ लाई ८ बिकेटले पराजित गर्दै उपाधी जितेको हो ।
जित संगै वार्ड नम्बर १ ‘ए‘ ले नगद ६० हजार, ट्रफी प्राप्त गर्यो भने, वार्ड नम्बर ९ उपबिजेता हुदै ३० हजारमा चित्त बुझायो । फाइन खेलमा टस जितेर पहिले ब्याटिङ्ग रोजेको वार्ड नम्बर ९ ले निधारित २० ओभरको खेलमा १९ दशमलव ४ बलमा सबै बिकेट गुमाएर ८१ रन बनाएको थियो । उसका लागि गोपाल तिमिल्सेनाले २४ रन, भुवन पाण्डेले १८ रन, विजय बौडेलले ९ रनको योगदान गरे । बलिङ्ग तर्फ वार्ड नम्बर १ ‘ए‘ का अर्पन अर्याल र रुपेश बस्यालले समान ३÷३ विकेट लिए । यस्तै विमर्श दर्नालले दुई, श्रीधर बस्याल र शिव शर्माले एक एक विकेट लिन सफल भए ।

८२ रनको बिजयी लक्ष्य सहित मैदान उत्रिएको वार्ड नम्बर १ ‘ए‘ ले सुरुवात राम्रो गर्न नसकेपनि रुपेश बस्याल र बिशाल दर्नालले उत्कृष्ट साझेदारीले टिमलाई बिजयी बनाउन सफल भए । रुपेशले ३१ रन र बिशालले नटआउट ४३ रनको योगदान दिए । वलिङ्गतर्फ वार्ड नम्बर ९ का भुवन पाण्डे २ विकेट लिन सफल भए ।  cricket20-1704462482.jpg

वार्ड नम्बर १ ‘ए‘ले निर्धारित २० ओभरको खेलमा १५ दशमलभ ४ ओभरमा जित हात पारेको हो । फाइनल खेलका म्यान अफ द म्याच वार्ड नम्बर १ ‘ए‘ का बिशाल दर्नाल भएको नगर खेलकुद बिकास समितिका संयोजक हेमन्तराज शाक्यले जानकारी दिनुभयो ।  

तानसेन नगरभित्रका ९ वडाका १४ टिम सहभागी प्रतियोगिता लिग कम नक आउटको आधारमा खेलाइएको थियो । फाइनलमा म्यान अफ दि फाइनल १ (ए) का विशाल दर्नाल भए । खेल अवधिभर ११ विकेट र ४४ रन बुटल्ने अर्पण अर्याल प्लेयर अफ दि सिरिज बन्न सफल भए । खेल अवधिमा १५ विकेट लिने १ (ए) कै विमर्श दर्नाल उत्कृष्ट बलर भए भने १११ रन बटुल्न सफल उत्कृष्ट व्याट्सम्यान रुपेश बस्याल भएका छन् । खेलाडीलाई लुम्बिनी प्रदेशसभा सदस्य बीर बहादुर राना, तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठ, उपप्रमुख प्रतिक्षा गाहा सिंजाली, नगर खेलकुद विकास समितिका संयोजक शाक्य लगायतले पुरस्कार तथा प्रमाणपत्र बितरण गर्नुभयाे ।

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १९:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update