Erani Mahal
निस्दी गाउँपालिकामा पाचौं राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता शुरु

होम राई मगर पाल्पा -  निस्दी गाउँपालिका पाल्पामा पाचौं राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता आजबाट शुरु भएको छ । निस्दी गाउँपालिका पाल्पाका अध्यक्ष तथा मूल आयोजक समितिका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा र प्रतिनिधि सभा सदस्य नारायण प्रसाद आचार्यको प्रमुख अतिथ्यमा कार्यक्रम भएको हो ।

 

 

कार्यक्रममा बोल्नु हुदै सांसद आचार्यले खेलकुदले अनुशासित बन्न र समूहमा कार्य गर्न सिकाउने बताउनुभयो । उहाँले निस्दीलाई खेलकुदको माध्यमबाट चिनाउनु पर्ने जोड दिनुभएको थियो ।

 

nisdi--(2)-1704979239.jpg
 

 

आजबाट २८ गते सम्म सन्चालन हुने प्रतियोगितामा छात्र १० र छात्रा १० गरी २० विधाका खेलहरु सन्चालन गरिने शिक्षा संयोजक नर बहादुर थापाले बताउनुभयो । आज ४×१०० छात्र तर्फको रिलेमा राधाकृष्ण माविले १ स्वर्ण,अंशुवर्मा माविले १ रजत र जनता माविले १ कास्य पदक प्राप्त गरेको छ ।

 

 

शिक्षा संयोजक नर बहादुर थापाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सन्चालन मूल आयोजक समितिका सदस्य सचिब केश बहादुर सुनारीले गर्नुभएको हो ।

 
 
प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update