Erani Mahal
निस्दीमा पाचौं रास्ट्रपति रनिङ शिल्डको उपाधि गल्धाको सरस्वती माविलाई

होम राई मगर पाल्पा / २८ पौष । निस्दी गाउँपालिका पाल्पामा संचालित पाचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सरस्वती माध्यमिक विद्यालय निस्दी-५,गल्धाको कठैडाँडाले हात परेको छ । निस्दीको खेल मैदान झ्याल्टुङ्गमा सन्चालन भएको प्रतियोगिताको उद्घाटन प्रतिनिधि सभा सदस्य नारायण प्रसाद आचार्यले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको हो ।

 

 

 

 

कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य आचार्यले खेलकुदको माध्यमबाट आफ्नो गाउँ-ठाउँ र रास्ट्रको लागि योगदान पुर्‍याएको चर्चा गर्नुभएको थियो । उहाँले खेलकुदले अनुशासित हुन र सामूहिक कार्य गर्न सिकाएको बताउनुभयो । प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल सरस्वती माविले ५ स्वर्ण,५ रजत प्राप्त गर्न सफल भएका थिए त्यसैगरी दोस्रो स्थानमा रहेको जनता माध्यमिक विद्यालय निस्दी-५,ढुंगानाबेसी,पाल्पाले ५ स्वर्ण,३ रजत र ४ कास्य पदक प्राप्त गरेका थिए ।

 

 

 

 

त्यसैगरी राधाकृष्ण माध्यमिक विद्यालय निस्दी-१,बाकामलाङ्गले ३ स्वर्ण र ४ कास्य सहित तेस्रो स्थान प्राप्त गरेका थिए । प्रतियोगितामा बिजयी विद्यार्थीहरुलाई शिल्ड,मेडल,ट्रफी र प्रमाणपत्र वितरण गरिएको थियो । छात्र १० र छात्रा १० विधा गरि जम्मा २० विधा समाबेश रहेको प्रतियोगितामा निस्दीका १२ माध्यमिक विद्यालयहरुको सहभागिता रहेको थियो ।

 

 

 

पाचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मूल आयोजक समितिका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रमको सन्चालन सचिब केश बहादुर सुनारीले गर्नुभएको हो ।

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update