Erani Mahal
चुरे क्षेत्रमा नदीले धार परिवर्तन गर्दै

पाल्पा – चुरे क्षेत्रका नदी तथा खोलाबाट ढुङ्गा, गिट्टी, बालुवा निकासी असहज हुँदा नदीले धार परिवर्तन गरेको छ । जिल्लाको तिनाउ गाउँपालिकाभित्रका अधिकांश स्थानबाट नदीजन्य पदार्थ निकासीमा समस्या हुँदा यहाँका नदी तथा खोलाले धार परिवर्तन गरेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् । 
चुरे क्षेत्रका तिनाउ नदी, झुम्सा खोला तथा कन्चनखोलाबाट नदीजन्य पदार्थ निकासी रोकिँदा गेग्रान, ढुङ्गा र बालुवा थुप्रिएर नदीले धार परिवर्तन गरेको स्थानीय बासिन्दा बताउँछन् । चुरे क्षेत्रमा लामो समयदेखि सरकारले नै नदीजन्य पदार्थ गिट्टी, ढुङ्गा, तथा बालुवा निकासीमा रोक लगाइएको छ । 
वर्षौदेखि नदीजन्य पदार्थ निकासी गर्न नपाउँदा नदीले धार परिवर्तन गरी तटीय क्षेत्रका बस्ती तथा खेतीयोग्य जग्गामा कटान गरेको तिनाउ–३, झुम्साका स्थानीय बासिन्दाको भनाई छ । दोभानका तल्लो भागमा नदीजन्य पदार्थ गेग्रान, ढुङ्गा, गिट्टी तथा बालुवा थुप्रिएर खेतीयोग्य जग्गा र बस्ती क्षेत्रमा नदी पसेको छ । 
यस्तै पुल तथा अन्य भौतिक संरचनालाई समेत असर गरेको छ । तिनाउको दोभान पुल, झुम्साखोला, कचल जाने बाटा तथा झोलुङ्गे पुलमा समेत नदीको सतह माथि आउँदा भौतिक संरचनामा क्षति पु¥याएको गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बताउनुभयो । नदीजन्य पदार्थ निकासी गर्न नपाउँदा पालिकाको आन्तरिक आम्दानीमा समेत असर पु¥याएको छ । आफ्नो पालिकाभित्रको स्रोतसाधनलाई प्रयोग गर्न नपाउँदा जनताले चाहेअनुसारको बजेट तथा योजना दिन सकेको छैन ।
तिनाउको माथिल्लो भागमा अत्यधिक उत्खनन्का कारण बगेर आउने माटो, ढुङ्गा, गेग्रान तथा गिट्टीका कारण तल्ला बस्ती र खेतीयोग्य जग्गामा नदी पस्ने अवस्था बनेको छ । गएको वर्षात्मा नदीले धार परिवर्तन गर्दा बगाहाको एउटा झोलुङ्गे पुलमा असर गरेको छ । तिनाउकै एक परिवारको घर नै बगाएको छ । एउटा पक्की पुल नजिकै गेग्रान थुपारेको छ । दोभान खोलाको चार÷पाँच स्थानमा खेतीयोग्य जग्गा कटान गरेको छ । नदीले धार परिवर्तन गर्दा विभिन्न स्थानमा क्षति पु-याएकाे पालिकाका उपाध्यक्ष लालबहादुर थापाले बताउनुभयाे । 
 

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update