Erani Mahal
दिव्य ज्याेति माविलाई पालिका स्तरीय राष्ट्रपति रनिङ् शिल्डकाे उपाधि

पाल्पा - माथागढी गाउँपालिकाद्वारा संचालित राष्ट्रपति रनिङ् शिल्डकाे उपाधि दिव्यज्याेति माविले चुमेकाे छ । उसले १० स्वर्णसहित २१ पदक जित्दै उपाधि चुमेकाे हाे । माथागढीकाे सराइ खेलमैदानमा माघ ४ गतेदेखि संचालन भएकाे राष्ट्रपति रनिङ् शिल्ड प्रतियाेगितामा ६ स्वर्णसहित २१ पदक हात पार्दै साैभाग्य मावि उपविजेता बनेकाे छ । माथागढीकै किसान माविले ५ स्वर्णसहित १३ पदक जित्दै तेस्राेमा चित्त बुझायाे ।

 

r--aaaa-1705805898.jpg
 

विजयी खेलाडीहरूलाई ट्रफी प्रदान गर्नुहुँदै प्रमुख अतिथि माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले विद्यार्थीकाे चाैतर्फी विकासमा खेलक्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयाे । उहाँले खेलले आम मानिसलाई भावनात्मक रूपमा एकीकृत बनाउँदै देश र समाजकाे पहिचान दिलाउन सक्ने उल्लेख गर्नुभयाे ।

 

कार्यक्रममा माथागढी गाउँपालिकाका प्रवक्ता शंकर दर्लामी, सामाजिक विकास समितिका संयाेजक राजकुमार पन्थी, वडा नं ३ का अध्यक्ष तेजबहादुर घर्तीमगर, पत्रकार महासङ्घ पाल्पाका अध्यक्ष रेखीराम रानालगायतले विजयी खेलाईलाई बधाइ शुभकामना दिनुभयाे ।

r--a-1705805896.jpg
 

कार्यक्रम पालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद घिमिरेकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे । प्रतियाेगितामा पालिकाभित्रका १३ वटा विद्यालयहरूकाे सहभागिता रहेकाे शिक्षा शाखा प्रमुख प्रेम बाह्रघरेले जानकारी दिनुभयाे । प्रतियाेगितामा भलिबल, हाइजम्प, लङ्जम्प, ज्याभलिङ् थ्राे, कवड्डी, दाैड, रिले, कराते, तेक्वान्दाेलगायतका खेलमा प्रतिष्पर्धा भएकाे पालिकाकी शिक्षा प्राविधिक सहायक एलिना थपलियाले बताउनुभयाे ।

dd-d-1705805896.jpg
 

 
प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  ०८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update