Erani Mahal
रिव्दीकोटमा पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड सुरु 

पाल्पा- रिब्दीकोट गाउँपालिकाको आयोजनामा पाचौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितासुरु भएको छ । ९ गतेसम्म तीन दिन चल्ने प्रतियोगिताको लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले उद्घाटन गर्दै खेलले खेलाडीहरूलाई अनुशासित ,स्वस्थ्य एवं मर्यादित बनाउने बताउनुभयो । उहाँले शारीरिक,बौद्विक विकास सँगै राष्ट्रको चौतर्फी विकास गर्न सहयोग पुर्‍याउने बताउनुभयो । 

 


उहाँले राष्ट्रपति रनिङ्ग शिल्ड खेल प्रतियोगिता राष्ट्रको अभिभावक रूपमा रहनु भएका राष्ट्रपतिको सम्मान स्वरूप ऐनमै व्यवस्था गरी समग्र खेल जगतको विकास एवं खेलाडीहरूको विकासका लागि राष्ट्रले प्राथमिकतामा राखी अगाडि बढाएको हो उहाँले भन्नुभयो । 

 


गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले गाउँपालिकाबाट राष्ट्रिय ,अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न योग्य खेलाडी उत्पादनमा गाउँपालिकाले शिक्षा तथा खेलकुदलाई केन्द्रित गरि बजेटको सुनिश्चितता गर्ने बताउनुभयो । 

 


उहाँले विद्यालयहरुलाई खेलाडी उत्पादनमा पर्याप्त सहयोग गर्ने र त्यसका लागि विधागत रुपमा खेलक्षेत्रमा खेलाडी विद्यार्थीहरूको आकर्षण बढाउनलाई आग्रह गर्नुभयो । कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत मदन अर्यालले खेलक्षेत्रको माध्यमबाट विद्यार्थीको प्रतिभा पहिचान गर्ने बताउनुभयो । 

 


कार्यक्रममा नेपाली वडा अध्यक्ष मान बहादुर अस्लामी, काँग्रेस जिल्ला समिति सदस्य डा.माधवबहादुर थापा ,नेकपा एमाले रिब्दिकोट गाउँपालिका अध्यक्ष विष्णुप्रसाद खनाल ,रिब्दिकोट गाउँकार्यपालिका सदस्य गोमा थापा पचभैया र आदर्श मावि देउरालीका प्रधानाध्यापक निर्मलप्रसाद खनालले आ-आफ्नो धारणा सहितको शुभकामना मन्तब्य दिनुभएको थियोे ।

 


पाचौंँ राष्ट्रपति रनिङ शिल्ड कार्यक्रममा सोमकुमार कार्की, दानबहादुर कुँवर, नारायणबहादुर केसी ,चिरञ्जीवी पोखरेल,ओमप्रसाद पोखरेल, चुराबहादुर छहरी,सरस्वतीकुमार श्रेष्ठ, सुरेश ठकुरी ,हुमा दमाई ,गोपालजंग रायमाझी , रिख बहादुर राना, तिलकबहादुर बगाले किशोर अर्याल ,दिपक कुँवर, सुरेश प्रसाद गौतम,ढालबहादुर उचै,नारायण चिदी,सिर्जना बुढा, यादवसिंह कुँवर ,जनक आचार्य ,गोविन्द खड्का,रिता राना,मिनाकुमारी पचभैया र पत्रकार नवराज ज्ञवाली ,सन्तोष गहजराज,कमल अधिकारीको उपस्थिति रहेको थियोे ।

 

पाचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कार्यक्रमको रिब्दिकोट गाउँपालिका खेलकुद विकास समितिअध्यक्ष एवं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उपसमिति संयोजक झपिन्द्र थापा “दिपक” को अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका शिक्षा शाखा प्रमुख मणिप्रसाद खनालले गाउँपालिका स्तरीय पाँचौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा उपस्थित भएका चौध विद्यालयका सहभागीमा प्रतियोगिहरूलाई स्वागत गर्नुहुँदै उहाँले प्रतियोगिता खेल उन्नतिस विधामा खेलाइने र तीन दिन सम्म चल्ने प्रतियोगितामा गाउँपालिकाका आठवटै वडाका विद्यालयहरूको सहभागीतामा कबड्डी, पुरूष भलिबल,महिला भलिबल ,रिले दौड प्रतियोगिता लगायतका खेलहरू सञ्चालन हुने जानकारी गराउँनुभएको थियोे ।

 


पाचौँ रनिङ शिल्ड प्रतियोगिता लक्ष्मी आधारभूत विद्यालयका शिक्षक एवं रिब्दिकोट गाउँपालिका स्तरीय खेलकुद विकास समिति सदस्य गोकणर् खाम्चाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियोे ।

 
 
 
प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update