Erani Mahal
पूर्वखोला जल्पाका महिलालाई क्षमता विकास तालिम 

पाल्पा - जिल्लाको पूर्वखोला गाउँपालिकाको वडा नं. २ जल्पामा महिलाहरुलाई क्षमता विकास तालिम दिइएको छ । पूर्वखोला गाउँपालिकाको आर्थिक सहयोग तथा जल्पा महिला कल्याण परिवारको आयोजनामा ७ देखि ११ गतेसम्म तालिम चलेको थियो । 

 


तालिम मंञ्चिय उद्घोषण, भाषण कला, नेतृत्व र व्यक्तित्व विकास, सकारात्मक सोच, महिला उद्यमी, घरेलु तथा महिला हिंसा रोकथामका उपाय, आर्थिक व्यवस्थापन, लगानी र बचत लगायतका विषयमा दिइएको थियो । 

 

 


तालिम श्रीनगर एफएमका पत्रकार देब पचभैया, सुपादेउराली अनलाईनका दिपक भट्टराई, अनिल लिगल लगायतले सहजीकरण गर्नुभएको थियो । 
तालिममा प्रतिनिधिसभा सदस्य नारायणप्रसाद आचार्यले व्यवहारिक ज्ञानले व्यक्तित्व र नेतृत्व विकासमा सहयोग पुग्ने बताउनुभयो । उहाँले महिला उद्यमको विकास र विस्तारका लागि स्थानीय, प्रदेश सरकारसंगै संघीय सरकार पनि साथमै रहेको बताउनुभयो । 

 


प्रदेशसभा सदस्य खेमबहादुर सारुले तालिममा सिकेका ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले आर्थिक व्यवस्थापनका पाटोमा पुरुष भन्दा महिलाहरुको ठुलो भूमिका रहने बताउनुभयो । महिलाहरुको उत्थान र व्यवसायमा प्रेरित गर्ने कार्यक्रमलाई गाउँपालिकाले विशेष पूर्वखोला गाउँपालिकाका उपाध्यक्ष भागीरथी भट्टराईले निर्धक्क भएर विना संकोच आफ्ना मनका कुराहरु राख्न सक्ने हुनुपर्नेमा जोड दिनुभयो । 

 


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठ र स्थानीय शुभसन्देश कृषि सहकारीका संस्थाका अध्यक्ष चन्द्रीसरा रखाल, सहभागी ललिता विकले महिलाहरुले यस्ता प्रकारका क्षमता विकासका तालिमहरु समय समयमा आवश्यक रहेको बताउनुभयो ।

 


तालिममा वडाका १३ महिला समूहलाई आफ्ना महत्वपूणर् कागजात सुरक्षित राख्ने वाकस, आवश्यक स्टेशनरीका सामाग्रीहरु समेत प्रदान गरिएको जल्पा महिला कल्याण परिवारका सचिव तथा तालिम संयोजक टोलसरी थापाले जानकारी दिनुभयो ।  तालिम जल्पा महिला कल्याण परिवारका अध्यक्ष लिला सारुको अध्यक्षतामा भएको थियो ।

 
प्रकाशित मिति: शनिबार, माघ १३, २०८०  १३:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update