Erani Mahal
माथागढीमा १५ बेडको अस्पताल निर्माण अन्तिममा 

पाल्पा - जिल्लाको माथागढी गाउँपालिकामा निर्माण भैरहेको १५ शैयाको आधारभूत अस्पताल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । गाउँपालिका भित्रका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवाको पहुँच वृद्धिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर ५, १० र १५ शैयासम्मको अस्पताल नभएका स्थानीय तहमा अस्पतालको भवन बनाउने योजना अनुसार भवन निर्माण कार्य भएको हो  ।  भवन गाउँपालिकाको ४ नं. वडा झडेवाको साविक स्वास्थ्य चौकी रहेको स्थानमा ९ रोपनी क्षेत्रफलमा बनिरहेको छ ।

 

 

 


२०७८ जेठ २७ गते प्राकृतिक निर्माण सेवासँग करिब १२ करोड लागतमा २०८१ जेठसम्म सक्नेगरी ठेक्का सम्झौता भएको छ । सोही अनुसार समयमै काम सम्पन्न गर्नेगरी निर्माण व्यवसायीले काम गरिरहेको गाउँपालिकाले जनाएको छ  । 

 

 

 


दुई तले अस्पतालको भवनमा अहिले स्टक्चरको काम अन्तिम चरणमा पुगेको छ । अव फिनसिंग र रंग रोगनको काम भएपति पूरा हुने र सेवा सुचारु गर्न सकिने गाउँपालिका स्वास्थ्य शाखा संयोजक केशव जिसीले बताउनुभयो ।

 
प्रकाशित मिति: शनिबार, माघ १३, २०८०  १३:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update