Erani Mahal
माथागढीकाे चिदीपानीले सुरु गर्याे जिल्लामै पहिलाे अनलाइन सिफारिस सेवा

 पाल्पा -  जिल्लामै पहिलो पटक माथागढ़ी गाउपालिका वडा न १ चिदीपानीमा अनलाईन सिफारिस प्रणाली शुभारम्भ गरिएको छ । नाता प्रमाणित योजना सम्झौता, जग्गा नामसारी, नागरिकता सम्बन्धी सबै सिफारिसहरु Annual Income Verification (बार्षिक आयश्रोत प्रमाणिकरण)'उद्योग/फर्म दर्ता सिफारिस, जन्म/मृत्यु प्रमाणित , आय-व्यय प्रमाणित लगायत यो अनलाइन सिस्टम द्वारा विभिन्न प्रकृतिका सिफारिसहरु छिटो र छरितो गर्न सकिने वडा अध्यक्ष राजकुमार पन्थीले बाताउनुभयो ।

 

 

साथै , वडा कार्यालयबाट जारी सिफारिस पत्रको केन्द्रिय विधुतीय अभिलेखीकरण हुने, सेवाग्राहीले अनलाईन मार्फत निवेदन बुझाउन सकिनेछ।जसले गर्दा सेवाग्राहीको डाटाबेस बिस्तार भई सेवा प्रवाह छिटो छरितो , विश्वसनीय र प्रभाबकारी हुनेछ।

 

 

प्रविधिको प्रयोग गरी पेपर-लेस सेवा प्रवाहको दिशामा महत्वपुर्ण खुड्किलो हुने पन्थीको भनाइ छ।

यो सेवा प्रयोग गर्न को निम्ति यो URL https://sifarish.ibis.com.np/login मा क्लिक गर्न सकिने वडा सचिब राजु ज्ञवालीले जानकारी दिनुभयो।

 

 

सुभारम्भ केश ब सिङ्जालिलाइ पहिलो सेवाग्राहीको रुपमा सिफारिस गरिएको छ्।कार्यक्रममा कर्यपालिका सदस्य तुल्सा न्यौपाने वडा सदस्य डुकुल ब गाहा इन्जिनियर निवेश किरण अधिकारीको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update