Erani Mahal
तानसेनमा प्रथम तानसेन महोत्सव आजदेखि

तानसेन – आजदेखि तानसेनको टुंडिखेलमा प्रथम तानसेन महोत्सव हुने भएको छ । तानसेन नगरपालिकाको आयोजनामा प्रथम तानसेन, कृषि, पर्यटन, व्यापार महोत्सव हुन लागेको हो । 


महोत्सवमा तीन सय बढी स्टल रहनेछन् । कृषि, घरेलु उद्योग तथा पाल्पाबाट उत्पादित घरेलु बस्तुको पनि स्टल रहने तानसेन नगरपालिकाका प्रमुख तथा महोत्सव मूल आयोजक समितिका संयोजक सन्तोषलाल श्रेष्ठले बताउनुभयो ।

महोत्सवको सबै तयारी भइरहेको र आज कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ्ले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ । महोत्सवका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहनेछ । 
 

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  ०८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update