Erani Mahal
पाल्पा जिल्लामा यो वर्षभित्रै  विद्युतीकरण सकिन्छ'-कार्यालय प्रमुख

पाल्पा - पाल्पामा याे वर्षभित्रै जिल्लाभर विद्युतीकरणकाे काम सकिने चरणमा रहेकाे छ । जिल्लाको दश वटै पालिकामा विद्युतीकरण गर्ने काम सकिने नेपाल विद्युत् प्राधिकरण पाल्पा वितरण केन्द्रका प्रमुख दिलिप मरासेनीले जानकारी दिनुभयाे ।

 

 

हालसम्म जिल्लाभरका ७२ वटा वडामा विद्युतीकरण भइसकेको छ । बाँकी ९ वटा वडामा यो आर्थिक वर्षभित्रै विद्युतीकरण गर्ने लक्ष्य अनुसार काम भइरहेको उहाँले जानकारी दिनुभयाे ।

 

 

केन्द्रका अनुसार निस्दीको वडा नं. १ बाकामलाङ्, वडा नं. ३ झिरुबास र वडा नं. ७ ज्यामिरेका केही गाउँमा विद्युतीकरण हुन बाँकी छ ।

यस्तै माथागढी गाउँपालिकाको वडा नं. ८ बहादुरपुर, वडा नं. ७ रहबास र वडा नं. ६ गोठादीमा पनि विद्युतीकरणको काम भइरहेका तर सम्पन्न हुन बाँकी रहेको पाल्पा वितरण केन्द्रका प्रमुख मरासेनीले जानकारी दिनुभयो ।

 

 

यस्तै तिनाउ गाउँपालिकाको वडा नं. ४ कोलडाँडा र वडा नं. १ कचलमा विद्युतीकरण गर्न बाँकी रहेको छ । बाँकी रहेका जिल्लाभरका नौँ वटा वडामा यो आवभित्रै विद्युतीकरण गर्ने लक्ष्यअनुसार काम भइरहेको प्राधिकरणका पाल्पा वितरण केन्द्रका सूचना अधिकारी भागिरथ बस्यालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘यो आवभित्रै पाल्पा जिल्लाभरि विद्युतीकरण गर्ने लक्ष्यअनुसार काम भइरहेको छ ।’

 
 
 
प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  ०८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update