Erani Mahal
रैनादेवी छहरामा किसानलाई ५ सय बढी दाँते ओखर वितरण 

पाल्पा – रैनादेवी छहराको किसानलाई ५ सय बढी दाँते ओखरको विरुवा वितरण गरिएके छ । डिभिजन वन कार्यालय पाल्पासँगको समन्वयमा गाउँपालिकाको ३, ४ र ५ नं वडाका कृषकहरूलाई ५ सय ५ वटा दाँते ओखरको विरुवा वितरण गरिएको हो ।

 


रैनादेवी छहरा गाउँपालिकाको ३ नं वडा कार्यालयमा एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईले किसानलाई ओखरका विरुवा हस्तान्तरण गर्नुभयो । 

 


उहाँले गाउँको खेर गइरहेको जंगलमा वनकाष्ठ पैदावार दाँते ओखर, गैरकाष्ठ पैदावर तेजपात, टिमुर लगायतका आयआर्जन मुलक विरुवा लगाउन आग्रह गर्नुभयो । 

 


उहाँले गाउँको कृषि र पशुपालन विकासमा गाउँपालिकाले सदैव सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद तिमिल्सिना, ३ नं वडाध्यक्ष प्रदिप पौडेल, वन प्राविधिक सुरुचि भट्टराईको उपस्थितिमा ३ नं वडाका कृषकहरूलाई विरुवा वितरण गरिएको थियो । 
 

 
 
प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  १२:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update