Erani Mahal
बुटवलमा आधुनिक श्रृगार गृह संचालन

बुटवल - बुटवल उपमहानगरपालिका वडा नं. ९ स्थित कालिकानगरमा आधुनिक प्रकारको श्रृगार गृह (एसएच ब्युटी स्यालोेन) संचालनमा आएको छ । उक्त श्रृगार गृहको शनिबार सुभारम्भ गरिएको छ ।

श्रृगारका विभिन्न विधामा सेवा दिने गरी श्रृगार गृह संचालनमा आएको हो । एसएच ब्युटी स्यालोनमा स्कीन, नेल्स, मेकअप तथा हेयर केयर लगायतको श्रृगार तथा श्रृगारका समान समेत बिक्री हुने संचालक सुुनिता थापाले जानकारी दिनुभयाे ।

a4795d76-2e07-42ce-b65c-26b366c0d72f-1709979736.jpg

ca399694-5ccd-4b55-9f13-0fe4cb13be5d-1709979739.jpg

 

सुनिता थापाका अनुसार करिव ३५ लाख लगानीमा खुलेको यस ब्युटी स्यालोनमा महिला तथा पुरुषले सेवा लिन सक्नेछन् । त्यसका लागि दुई पुुरुष र चार महिलाप्रशिक्षक रहेका छन् । स्यालोनमा विभिन्न उत्पादन कम्पनीका कस्मेटिक सामानहरु बिक्री बितरण समेत गरिने छ । स्यालोनमा श्रृगार सम्बन्धी विविध विधामा तालिम समेत प्रदान गरिने अर्का संचालक सोेनु थापाले बताउनुभयाे । योग्ग जनशक्ति उत्पादन गर्ने गरी तालिमा संचालन गरिने उहाँले बताउनुभयाे ।

स्यालोनमा आधुनिक प्रकारका कस्मेटिक सामग्री उपलब्ध गराइने थापाले बताउनुभयाे । श्रृगारका सामानसहित दुलही, दुलाहाको मेकअप तथा गाडी सजावट समेत गरिने सोनु थापाले जानकारी दिनुभयाे । श्रृगारका आधुनिक प्रविधिबाट सेवा दिइने उहाँको भनाई छ । 

9ad6cccd-bed3-476d-acec-788000a8e1b1-1709979736.jpg
 

प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update