Erani Mahal
सिद्धबाबा सुरूङ मार्ग समयमै सक्न मन्त्रीकाे निर्देशन

पाल्पा - उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सिद्धबाबा क्षेत्रको सुरुङ् निर्माणको काम छिटो गर्न निर्देशन दिनुभएको छ । शुक्रबार सुरुङ् मार्गको स्थलगत निरीक्षक गर्नुहुँदै मन्त्री महासेठले सुरुङ् मार्गको काममा द्रुत गतिमा अगाढि बढाउन निर्देशन दिनुभयो । 
निर्माणाधीन सिद्धबाबा सुरुङ मार्ग समयअगावै सक्न मन्त्री महासेठले निर्देशन दिनुभयो । निर्माणका क्रममा कुनै अबरोध भए सरकार सहयोग गर्न तयार रहेको बताउँदै उहाँले सुरुङ् मार्ग निर्माणमा कुनै बाहानाबाजी नचल्ने बताउनुभयो । आयोजना समयमै सक्नुपर्ने र त्यसका लागि सरकार सबैखालको सहयोग गर्न तयार रहेको उहाँले उल्लेख गर्नुभयो ।
सुरुङमार्ग राष्ट्रिय गौरवको आयोजनाका रूपमा सरकारले उच्च प्राथमिकतामा राखेकाले यसलाई सफल बनाउन आकस्मिक रूपमा निरीक्षण गरिएको उहाँले बताउनुभयो । भौतिक यातायात सचिव केशम शर्माले सुरुङ् मार्ग निर्माणले पछिल्लो समय गति लिएको बताउनुभयो । हालसम्म दक्षिणतर्फको ढोकाबाट ३४ मिटर सुरुङ् खनिएको छ भने उत्तरतर्फको ढोकाबाट दुई मिटर सुरुङ् खनिएको छ । यस्तै सेफ्टी ढोका बनाउने कामले पनि गति लिएको छ । 
हालसम्म आयोजनाको २० प्रतिशत बढी काम सकिएको आयोजना पक्षले जनाएको छ । सुरुङमार्ग निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले एक हजार १२६ मिटर लम्बाइको सुरुङमार्गका लागि सात अर्ब ३४ करोड सम्झौता भएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  २१:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update