Erani Mahal
भरुवा बन्दुक सहित पाल्पामा एक जना व्यक्ति पक्राउ !

तानसेन – भरुवा बन्दुक लिएर हिँडिरहेको अवस्थामा पाल्पामा एक जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा रैनादेवी छहरा गाउँपालिका–४, ठूली पधेँरा बस्ने ४६ वर्षीय लिलाबहादुर खत्री रहेको प्रहरीले जनाएको छ । बिहीबार बेलुकी उनलाई पक्राउ गरिएको हो ।

खत्रीको साथबाट एक नाले भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले रानीमहललाइ जानकारी दिनुभयो । पक्राउ परेका खत्रीमाथि थप अनुसन्धान भभइरहेको श्रेष्ठले बताउनुभयो ।

 
प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update