Erani Mahal
नेकपा एमाले तानसेनद्वारा व्यवसायिक कुखुरापालन तालिम

पाल्पा - जिल्लाकाे तानसेनमा नेकपा एमाले तानसेन नगर कमिटिले व्यवसायिक कुखुरापालन तालिम सञ्चालन गरेको छ । एमाले तानसेनले तानसेन नगरपालिकाका सबै वडाका ५१ जना व्यवसायिक किसानलाई तालिम सञ्चालन गरेको हो । तालिमको संविधानसभा सदस्य तथा एमाले नेतृ नारायणी शर्माले उद्घाटन गर्नुभयो । 

 

तालिममा व्यवसायीक कुखुरा पालन, कुखुरालाई लाग्ने रोग, रोगबाट बच्ने उपाय, औषधी उपचार, कुखराका लागि आवश्यक पर्ने दाना, खोरको ब्यवस्थापन विषयमा सहजकर्ता डा. चन्द्र बहादुर रानाले सहजिकरण गर्नुभयो । सहजकर्ता रानाले कुखुरा पालनका फाईदा, सम्भावना चुनौती र समस्या सामाधानका बारेमा किसानहरुलाई सहजिकरण गर्नुभयो ।

 

 

तालिममा फार्म स्थापना तथा व्यबस्थापनमा प्राबिधिक सहयोग, आधुनिक खोर निर्माण, चल्ला हुर्काएर बेच्ने प्रबिधि, ह्याचरी स्थापना, कुखुराको फर्म स्थापना, बजारीकरण, पशु आहारा तथा खोर निर्माणलगाएतका विषयमा भेटेरीनरी तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाका प्राविधिक यूवराज ज्ञवालीले सहजिकरण गर्नुभयो ।

 

व्यवसायीहरुको व्यवसाय प्रवद्र्धन र उत्पादन बढाउनका लागि माग र आवश्यक्ताका आधारमा कुखुरापालन कृषकहरुका लागि बिशेष तालिम सञ्चालन हुँदा व्यवसायीक किसानहरुलाई महत्वपुर्ण फाईदा पुगेको तानसेन ५ का किसान सुरेश विष्टले बताउनुभयो ।

 

 

तालिममा एनआईसी एसिया बैंक तानसेन शाखाका प्रमुख हरिकृष्ण शर्माले कृषि क्षेत्रमा बैंकले गर्ने लगानीको विधि र प्रक्रियाबारे सहजिकरण गर्नुभयो । प्रमुख शर्माले फर्म दर्ता गराउने प्रकृया, अनुदान रकम प्राप्त गर्न, सहुलियत व्याज दरको ऋण प्राप्त गर्न, पशु तथा कृषि विमा गर्न, विमाबाट प्राप्त गर्ने क्षतिपूर्तिको जानकारी, विभिन्न संघ संस्थाबाट अनुदान रकम प्राप्त गर्न आवश्यक पर्ने प्रस्तावना लेखनलगाएतका विषयमा सहजिकरण गर्नुभयो ।

 

तालिममा सहभागि भएका व्यवसायीक कुखुरापालक कृषकहरुलाई व्यवसायका लागि थप दक्ष बनाउन तालिमले महत्वपुर्ण भुमिका खेल्ने नेकपा एमाले तानसेन नगर कमिटिका अध्यक्ष गुरास आत्रेयले बताउनुभयो । अध्यक्ष आत्रेयले लामो समयदेखि कुखुरा पालन गर्दै आएका कृषक तथा उद्यमीहरुलाई कुखुरापालनबाट राम्रो आम्दानी गराउने तथा लागत कम हुने खालका तरिका सिकाउन बिशेष तालिम सञ्चालन गरिएको बताउनुभयो 

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update