Erani Mahal
पाल्पामा भरुवा बन्दुक सहित चार जना पक्राउ

पाल्पा – जिल्लामा भरुवा बन्दुक सहित चार जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा रैनादेवी छहरा–७, का ५६ वर्षीय विनोद थापा, रुपन्देही जिल्ला सैनामैना नगरपालिका–५, बस्ने ३८ वर्षीय सन्तोष राना रहेका छन् । यस्तै सैनामैना–१० बस्ने ४१ वर्षीय सुकई थारु र रैनादेवी छहरा–७ का २४ वर्षीय रमेश कुमाल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

 

 


उनीहरुको साथबाट एक थान भरुवा बन्दुकसहित छर्रा र बारुद फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । उनीहरूलाई सोमबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमाथि थप अनुसन्धान कार्य चलिरहेको प्रहरीले जनाएको छ । 
 

 
प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update