Erani Mahal
संवैधानिक बाध्यताकै कारण पटक पटक सरकार परिवर्तन  शर्मा

पाल्पा — संवैधानिक र कानुनी बाध्यताकै कारण पटक पटक सरकार परिवर्तन  भएकाे सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले  बताउनुभएकाे छ । उहाँले देशकाे शासकीय स्वरुप र निर्वाचन प्रणालीका कारण सरकारमा अस्थिरता आएको  र पटक पटक परिवर्तनहरु भएकाे बताउनुभयाे ।

 

 

 

संवैधानिक र कानुनी बाध्यता रहुन्जेलसम्म पटक पटक सरकार परिवर्तन भइरहने समस्या आउने मन्त्री शर्माले बताउनुभयाे । नेपाल पत्रकार महासंघ पाल्पाले शनिबार राखेको पत्रकार भेटमा बोल्दै मन्त्री शर्माले संवैधानिक र कानुनी बाध्यता बनाउन सकियो भने मात्र स्थायी सरकार बन्ने बताउँदै जो सरकारमा भए पनि सरकारमा बसुन्जेलसम्म राम्रो काम गर्ने कोशिष गर्नुपर्ने बताउनुभयाे । 

 

 

 

स्थानीय तहमा जस्तै कानुन ल्याउन सकियो भने मात्र समस्याको समाधान हुने बताउँदै अहिलेको शासकीय स्वरुप, निर्वाचन प्रणाली र संविधान र कानुनले दिएको व्यवस्थामा सरकार कतिन्जेल चल्छ भन्ने थाहा नहुने उहाँकाे भनाइ छ । 

 

 

 

राजनीतिक दलबीच सहमति बनाएर सबै क्षेत्रबाट सहयोग भयो भने संविधान संशोधन गरेर स्थिर सरकार बनाउने वातावरण बन्ने मन्त्री  उहाँले उत्साहसहित व्यवस्था परिवर्तनमा लाग्यो, त्यो उत्साह अहिले देखिँदैन,’ मन्त्रि शर्माले भन्नुभयाे , ‘लिखित रुपमा ऐन, कानुन भए पनि त्यसको कार्यान्वयन पक्ष कमजोर हुँदा जनतामा निराशा छाएको हो ।’

 

 

 
प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  १७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update