Erani Mahal
रिव्दिकोटको फेकमा एकल महिलालाई परालको जुत्ता बनाउने तालिम
f-2

पाल्पा – रिव्दिकोट गाउँपालिका पाल्पाको फेकमा एकल महिलालाई पराल बाट जुत्ता चप्पल बनाउने तालिम दिइएको छ । गाउँमा रहेका एकल महिलालाई आर्थिक र सामाजिक रुपले समाजमा स्थापित गर्ने उद्धेश्य राखेर सीपमुलक तालिम दिइएका गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसीले जानकारी गराउनु भयो ।


प्रमुख अतिथि जिसीले एकल महिलाहरुले काम गर्न सके गाउँपालिकाले जस्तोसुकै सहयोग गर्ने र उत्पादित सामग्रीको बजारीकरणमा समेत सहयोग गर्ने बताउनुभयो ।
तालिमबाट १६ जना एकल महिलाले परालबाट जुत्ता चप्पल बनाउने सीप सिकेका छन प्रशासकीय अधिकृत ऋषि अर्यालले भन्नुभयो उनीहरुले बनाएका सामग्री गाउँपालिकाले खरिद गरेर कोशेली घरबाट बिर्की बितरण गरिनेछ ।


उहाँले गाउँपालिकाका विभिन्न वडाहरुमा जस्तै ठिमुरे र पालुङमैनादीमा पनि बत्ती कात्ने र परालका जुत्ता बनाउने तालिम सन्चालन गरिने जानकारी दिनु भयो ।


समापन कार्यक्रममा जिल्ला समन्वय समितिकी कमला थापा गाउँपालिका कार्य समिति सदस्य दान बहादुर कामी, वडा सदस्य चक्र बहादुर कुवँर लगाएतका अतिथिहरुले गाउँपालिकाले एकल महिलाहरु आर्थिक रुपले सम्पन्न गराउनको लागि प्राथमिकता दिएर सीप सिकाउनु प्रशंसनीय रहेको बताउनुभयो ।


एकल महिला सन्जाल रिब्दीकोट ८ फेककी अध्यक्ष तारा रायमाझीको अध्यक्षता रहेको कार्यक्रममा गाउँपालिका र वडापालिकाका राजनीतिक दलका प्रतिनिधिहरु संघ सस्था, बुद्धिजीवि, समाजसेवी लगायतको उपस्थीत रहेको थियो ।

प्रकाशित मिति: आइतबार, माघ १९, २०७६  १९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update