Erani Mahal
'काेराेना भाइरस'काे संक्रमणबाट बच्न सचेतना कार्यक्रम
90501748_649755968928873_7799083155478020096_n

पाल्पा – पाल्पाको तानसेन जगरपालिका वडा नं. ७ र वशं गोपाल युवा क्लबको सयुक्त आयोजनामा पाल्पाको प्रवास क्षेत्र, टिन्टी आँप, बर्तुङ, तानसेन बजार, मदन पोखरा लगायतका स्थानमा सचेतना अभियान गरिएको छ । मानिसहरुलाई कोरोनाको सचेतना गराउन पम्पेट, माइक, एमएम तथा सामाजिक सञ्जाल मार्फत सचेतना गराउने काम शनिवार सञ्चालन भएको छ ।


पछिल्लो समयमा कोभिड १९ अर्थात कोरोना भाइरसको जोखिम विश्वका धेरै देशहरु प्रभावित भएकोले नेपालमा पनि कोरोनाको उच्च जोखिममा रहेकोले मानिसहरुलाई सचेत गराउन सचेतना कार्यक्रम आयोजना गरिएको हो ।


तानसेन ७ का वडा अध्यक्ष मुक्ति राम जिसी आफै सचेतानाका लागि हिडेको बताउदै पछिल्लो समयमा कोरोनाको उच्च जोखिममा नेपाल रहेको बताउदै यस जोखिमलाई कम गर्न तानसन ७ र वंब गोपाल युवा क्लबको साझेदारीमा वडा नं ७ भित्रका टोल विकास सस्थाहरुलाई बोलाएर सचेतनाका कार्यक्रमहरु गरेको बताउनुभयो ।


अहिले मानिसहरुलाई महोत्वपुर्ण काम बाहेक अरु काममा ननिस्कन तथा घरमा बसेर पनि पटक पटक सावुन पानीले हात धन तथा कनै बाहिरबाट आएका मानिसहरु सँग सचेत रहन भनी सचेतना जगाउने काम गरेको बताउनुभयो ।


त्यस्तै वडा नं ७ ले प्रभास चोक,टिन्टी आप,वर्तुङ लगायतका चोकचोकहरुमा प्रचाप्रसारका चेतनामुलक सामाग्रीहरु राखिएको बताए । साथै कोरोनाको हल्ला बढिरहेको समया सम्बन्धित निकायको बाहेक अरुको हल्लामा नलाग्न समेत आग्रह गदै कोरोनाको कारणले कालो बजारी,बढेने भएकोले तानसेन ७ का पसलहरुका अनुगमन गरेको बताउनुभयो ।

साथै कोरोनाको कारणले कृतिम बजार अभाव गरेको भेटाएमा कारबाही पनि गर्ने बताए । साथै मानिसहरुलाई अनावश्यक रुपमा सामानहरु सञ्चय गरेर नराख्न पनि आग्रह गरेको बताउन भएको छ ।


त्यस्तै वंश गोपाल युवा क्लबका अध्यक्ष प्रदिप खनालले तानसेन ७ सँग मिलेर जोखिम कम गर्न अगाडी बढेको बताउनुभयो । यस्का लागि तानसेन ७ भित्रका होटहरुमा तथा टोल विकास सस्थाहरुलाई साबुन रुमालहरु बाडेको र केही बाकीलाई बाढने तयारीमा रहेको बताउनुभयो ।

प्रकाशित मिति: शनिबार, चैत ८, २०७६  २०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update