Erani Mahal
न्यानो कपडा वितरण गर्दै बृद्धबृद्धाकाे सम्मान
sda
पाल्पा - रामपुर नगरपालिका वडा नम्बर ५ ले वडामा रहेका वृद्धबृद्दालाई न्यानो कपडा बितरण गरेको छ । वडाबाट भत्ता खाँदै आउनुभएका जेष्ट नागरिकलाई "नगर प्रमुखसंग जेष्ठ नागरिक" कार्यक्रम अन्तर्गत समुदायका १ सय ५८ अभिभावकलाई सम्मान गरिएको वडाले जनाएको छ । ७० वर्ष माथिका महिला पुरुष जेष्ठ नागरिकहरुलाई जाडोमा लगाउने न्यानो कपडा ज्याकेट प्रदान गरी सम्मान गरेको हो । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले जेष्ठ नागरिकहरुको आशिर्वादले सदैव भलो चिताएको बताउदै जेष्ट सदस्य अनुभवको खानी भएकाले उहाँहरुबाट धेरै सिक्ने कुरा रहेको बताउनुभयो । रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीले जेष्ठ बुवा आमाको सत्मार्ग शिरोपरी गरि उहाँहरुलाई माया, ममतासंगै सम्मान गरेको बताउनुभयो । कार्यक्रममा रामपुर नगरपालिका वडा नम्बर ५ का वडा सदस्य विष्णु प्रसाद बस्यालले नगरपालिकाको आर्थिक सहयोगमा वडाबाट सामाजिक सुरक्षा भत्ता खादै आउनुभएका जेष्ठ नागरिकलाई सम्मान गर्न पाउँदा जेष्ठ नागरिकहरुको खुशीले आफूलाई पनि आनन्द अनुभुति भएको बताउनुभयो । रामपुर नगरपालिका -५ का वडा अध्यक्ष हिमाल मल्लको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य सावित्रा गौतमले स्वागत र वडा सचिव रजनी भण्डारीले सञ्चालन गर्नु भएको हो । वडाले यस अघि पनि जेष्ठ नागरिकलाई सम्मान गरेको वडाका सहायक परिचालक सविता रानाले जानकारी दिनुभयो।
प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७८  २१:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update