Erani Mahal
तानसेनमा सिर्जना उत्सव कार्यक्रम
samman
पाल्पा - नेपाली कला साहित्य डटकम प्रतिष्ठानले मेरो राष्ट्र, मेरो ध्येयसहित कला साहित्य यात्रा २०७९ अन्तर्गत सिर्जना उत्सव कार्यक्रम पाल्पाको तानसेनमा सम्पन्न गरेको छ । उक्त कार्यक्रममा राष्ट्रियस्तरका दर्जन बढी साहित्यकारहरूको सहभागिता रहेको थियो । साहित्यकारहरूले पाल्पा साहित्यको क्षेत्रमा उर्वर भूमि भएको बताएका थिए । काठमाडौँबाट सिर्जना उत्सव कार्यक्रमका लागि आएका स्रष्टाहरूले साहित्यिक यात्राले केन्द्र र मोफसल भन्ने रेखालाई हटाउने काम गरेको सो अवसरमा बताउनुभएको थियो । सोही अवसरमा पाल्पा साहित्य समाजले प्रकाशन गरेको पाल्पाको साहित्यिक इतिहास पुस्तकसमेत विमोचन गरिएको छ । नेपाली कला साहत्यिक डटकम प्रतिष्ठानले पाल्पाका साहित्यकारहरू पुष्कर अथक रेग्मीलाई योगेश्वर वाङमय पुरस्कार २०७९ बाट पुरस्कृत गरेको छ । यस्तै साहित्यक क्षेत्रमा लामो समयदेखि इतिहासलाई जोडेर लेखन कला गर्दे आउनुभएका पाल्पाली राजनीतिज्ञ एवं साहित्यकरकार राजेन्द्र गोपाल सिंहलाई ग्रेगरी कला संस्कृति साहित्य पुरस्कार २०७९ प्रदान गरिएको छ । रेग्मी र सिंहलाई प्रतिष्ठानकी अध्यक्ष मोमिला जोशी, साहित्यकार तुलसी दिवस, स्रष्टा सरुभक्त, साहित्यकार एवं नेपाल सरकारका पूर्व सचिव डा. विमल कोइरालालगायतले पुरस्कार प्रदान गर्नुभएको हो । कार्यक्रममा साहित्यकारहरु लक्ष्मण गाम्नाङगे, तुलसी दिवस सरुभक्त, राजेश्वर कार्की, मोमिला जोशी, विमल वैद्य, अषेश मल्ल, असिम सागर, कृष्ण राज डिसी, हरि पोखरेल, चित्रवलीराम सुवाल, टंक पन्थ, महेन्द्र पन्थी, पुरुषोत्तम अर्याल, सरोज काफ्लेलगायत २० बढी साहित्यकारहरूले साहित्यिक रचना वाचन पनि गर्नुभएको थियो ।
प्रकाशित मिति: सोमबार, कात्तिक २१, २०७९  २१:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update