Erani Mahal
पूर्वखोला गाउँपालिकाका शिक्षकलाइ आइटि तालिम
tr
पाल्पा - पूर्वखोला गाउँपालिकाका शिक्षकलाइ क्षमता विकास गर्न सूचना प्रविधि आइटि तालिम दिइएकाे छ । तालिम चारदिनसम्म चलेकाे थियाे । तालिममा गाउँपालिका भरका आधारभूत तथा माध्यमिक विद्यालयका IT Focal शिक्षकहरुकाे सहभागिता रहेकाे थियाे । पूर्वखोला गाउँपालिका सभा हलमा भएको आधारभूत तथा माध्यमिक विद्यालयका IT Focal शिक्षकहरुको लागि क्षमता विकास तालिम कार्यशालाको समापन भएको छ | कार्यशाला समापनकाे अवसरमा गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले तालिममा सिकेकाे सीपलाइ दैनिक जीवन र व्यवहारमा उतार्नुपर्ने बताउनुभयाे । उहाँले शैक्षिक गुणस्तर अभिवृद्धिमा यस्ता तालिमले सहयाेग पुग्ने बताउनुभयाे ।
प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  ०७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update