Erani Mahal
दिव्य ज्याेति नमूना माविकाे भर्ना अभियान
FB_IMG_1681140702380
पाल्पा - पाल्पा माथागढी-३ स्थित दिव्य ज्याेति नमूना माध्यमिक विद्यालयले भर्ना अभियान तथा घरदैलाे कार्यक्रम सुरू गरेकाे छ । साेमबार विद्यालयका पहिचानसहित -याली गरेर विद्यालयले भर्ना अभियान थालेकाे हाे । वार्षिक नतिजा प्रकाशन सकिएपछि विद्लायले शैक्षिक सत्र २०८० का लागि भर्ना अभियान थालेकाे हाे । भर्ना अभियान अन्तर्गत भएकाे -यालीमा माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदी, वडा अध्यक्ष तेजबहादुर घर्तीमगर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेखीराम राना, प्रधानाध्यापक लाेकेन्द्र थापा, विव्यसका पूर्व अध्यक्षहरू, विव्यस सदस्य, अभिभावक समितिका पदाधिकारीहरूकाे सहभागिता रहेकाे थियाे । साे अवसरमा गाउँपालिका अध्यक्ष चिदीले नयाँ भर्ना भएका विद्यार्थीलाई कापी कलम दिएर विद्यालयमा स्वागत गर्नुभयाे । अध्यक्ष चिदीले पछिल्लाे समय विद्यालयले उत्कृष्ट शैक्षिक क्रियाकलापहरू गर्दै आएकाे भन्दै प्रशंसा गर्नुभयाे । उहाँले भर्ना अभियानले सबै तह र तप्काका बालबालिका विद्यालयभित्र ल्याउन सहयाेग गर्ने उल्लेख गर्नुभयाे । शिक्षा क्षेत्रमा गरेकाे लगानी लामाे समयपछि मात्र देखिने भएकाले पालिकाले शिक्षा क्षेत्रकाे विकासका लागि विशेष प्राथमिकता दिएर लगानी गरेकाे अध्यक्ष चिदीले उल्लेख गर्नुभयाे । भर्ना अभियान अन्तर्गतकाे -यालीमा विद्यालयकाे पन्चेबाजा समूह, व्याण्ड बाजा समूह, स्काउट, जुरेस, इकाे क्लब, किशाेरी क्लब, तेवाण्दाे दाेजाङ् समूहका विद्यार्थीहरू, अभिभावक एवं शिक्षककाे सहभागिता रहेकाे थियाे । भर्ना अभियान अन्तर्गत सेवा क्षेत्रमा घरदैलाे अभियान समेत सुरू गरिएकाे विद्यालयका प्रधानाध्याक लाेकेन्द्र थापाले जानकारी दिनुभयाे । उहाँले विद्यालयमा कक्षा पिजी (प्ले ग्रुप)देखि कक्षा ९ सम्ममा अङ्ग्रेजी र नेपाली दुबै माध्यममा पठनपाठन हुने जानकारी दिनुभयाे । विद्यालयले यही वर्षदेखि स्कुल बस समेत संचालन गरेकाे जनाएकाे छ । विद्यालयमा हाल एक हजार बालबालिका अध्ययनरत छन् ।
प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  २१:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update