Erani Mahal

पाल्पा – तानसेन नगरपालिकाले आयोजना गरेको प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि तानसेन–९, दमकडाले चुमेको छ । तानसेनको टुंडिखेल मैदानमा शुक्रबार भएको फाइनल खेलमा तानसेन–९ ले तानसेन–१(क)लाई १–० गोलअन्तरले पराजित गर्दै कपको उपाधि चुमेको हो ।

 

 

तानसेन–९,ले पहिलो हाफमै एक गोल गरेको थियो । दोस्रो हाफमा दुबै समूहले गोल गर्न सकेनन् । विजेता तानसेन–९ ले नगद एक लाख, ट्रफी प्राप्तसहित सम्मान पत्र लुम्विनी प्रदेशसभाका सदस्य वीरबहादुर रानाले हस्तान्तरण गर्नुभयो ।

यस्तै उविजेता तानसेन–१(क)ले नगद ५० हजार ट्रफी प्राप्त गरेको नगर खेलकुद विकास समितिका अध्यक्ष हेमन्तराज शाक्यले जानकारी दिनुभयो ।

 

 

tansen-99-768x514-1702783388.jpg

खेल क्षेत्रको विकासका लागि नगरपालिकाले यो वर्षदेखि प्रतियोगिताको आयोजना गरेको नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । उहाँले खेलाडीको विमा गर्ने, खेल मैदानको विकास गर्ने र खेलाडीलाई प्रोत्साहन गर्न नगरपालिका तयार रहेको उल्लेख गर्नुभयो ।

गत मङ्सिर २० गतेदेखि सुरु भएको फुटबल प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  ०९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update