Erani Mahal
निस्दीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

पाल्पा -  निस्दी गाउँपालिका पाल्पामा आगामी पौष २६ गते बिहीबारबाट राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता हुने भएको छ ।

बुधबार बसेको प्रधानाध्यापकहरुको बैठकले निर्णय गरेको उक्त निर्णय गरेको शिक्षा संयोजक नर बहादुर थापाले जानकारी दिनुभएको छ । निस्दीको खेलमैदान झ्याल्टुङ्ग डाँडामा सन्चालन हुने प्रतियोगितामा विभिन्न बिधाका खेलहरुको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।

साथै बैठकले आगामी पौष १६ गते देखि सन्चालन हुने दोस्रो त्रैमासिक परिक्षा सन्चालन,खेल शिक्षक प्रशिक्षण,विद्यालय सुधार योजना निर्माण र विद्यालयको सामाजिक परिक्षणबारे महत्त्वपूर्ण निर्णय गरेको शिक्षा संयोजक थापाले बताउनुभयो ।

बैठकमा निस्दी गाउँपालिका पाल्पाका अध्यक्ष मुक्त बहादुर सारुले शिक्षकहरु आफ्नो पेशा प्रति सकारात्मक रहे मात्र शिक्षण सिकाई क्रियाकलाप प्रभावकारी रहने बताउनुभयो । उहाँले समय सापेक्ष आफुमा परिवर्तन ल्याउन र प्रविधिको सदुप्रयोग र व्यवहारिक शिक्षा दिनुपर्नेमा जोड दिनुभएको थियो ।

मासिक घुम्ती बैठक अन्तर्गत बालहित माध्यमिक विद्यालय निस्दी-२,सहलकोटमा सन्चालन भएको तालिममा गाउँपालिका उपाध्यक्ष तिरन कुमारी श्रेष्ठ,झिरुबासका वडाध्यक्ष नविन्द्र थापा सोती,सहलकोटका वडाध्यक्ष फत्ते सिं फर्लामी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update