Erani Mahal
माथागढी गाउँपालिकाको चौधौँ गाउँसभा सम्पन्न

तानसेन – माथागढी गाउँपालिकाको चौधौँ गाउँसभा तथा हिउँदे अधिवेशन सकिएको छ । पालिकाको सभाहलमा भएको सभामा पालिकाका अध्यक्ष यमबहादुर चिदीले चालु आव २०८०/०८१ मा भएका प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । sava-1704896992.jpg

सभामा उहाँले पालिकाले चालु आवमा कृषि, पशुसेवा, शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा अन्य क्षेत्रमा भएका प्रगतिका बारेमा जानकारी दिनुभयो । सभामा पालिकाकी उपाध्यक्ष विष्णुमाया लुङ्चेले चालु आवभित्र हुने केही कार्यक्रम तथा योजनाको संशोधन प्रस्ताव पेश गर्नुभएको थियो । चालु आवभित्र विभिन्न वडाबाट आएका योजनालाई पुन जनताको माग र योजना कार्यान्वयनमा सहजता ल्याउन संशोधनको प्रस्ताव गरिएको उहाँले बताउनुभयो । 

418946354_749024803914273_6499492106579026729_n-1704896989.jpg

सभामा सार्वजनिक खरिद नियमावली २०८० र लेखा समितिको प्रतिवेदन समेत पेश गरिएको थियो । सभामा प्रस्तुत भएका सबै प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको पालिकाका अध्यक्ष चिदीले जानकारी दिनुभयो । 
सभाको अवसरमा उत्कृष्ट कर्मचारी, सेवा निवृत्त कर्मचारी तथा विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी, दैनिक ज्यालामजुरीमा काम गर्ने श्रमिकलाई सम्मान गरिएको थियो । यस्तै गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि जग्गा दान गर्ने व्यक्तिहरूलाई समेत सम्मान गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद घिमिरेले जानकारी दिनुभयो ।  

samman-1704896989.jpg
 

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  २०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update