Erani Mahal
पाल्पाको तिनाउमा फलामको पुल भाँचिदा दुई कामदार घाइते

पाल्पा - पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ र ४ को सीमानामा रहेको झुम्सा खोलामा निर्माण गरिएको फलाम को पुल भाचिदा शनिवार दुई कामदार घाइते भएका छन् ।

 

फलामै फलामबाट बनेको पुलको तल्लो भागमा राखेको टेका हटाउन नटबोल्ट खोल्दै गर्दा पुल भाँचिएर तिनाउ गाउँपालिका–४, कोलडाँडाका ३९ वर्षीय रनबहादुर गाहा र रौतहटको चन्द्रनिगाहपुर बस्ने २२ वर्षको लक्षु माझी घाइते भएको जिल्ला प्रहरी कार्यालयले पाल्पाले जनाएको छ । घाइतेहरूको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गरिएको पाल्पा दोभान प्रहरी चौकीका प्रमुख पृथ्वी काफ्लेले जानकारी दिनुभयो ।

 

 

निर्माण व्यवसायीको काम र प्राविधिकको लापरवाहीले गर्दा फलामले बनेको पुल नै भाँचिएको स्थानीयले बताएका छन् ।झुम्सा खानेपानी आयोजनाले बुटवलमा पानी लैजान पाइप बिच्छाउने र अन्य स्ट्रक्चरको काम गरिरहेको छ ।

 
 
 
प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  ०९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update