Erani Mahal
तानसेन रानीमहल सडक ४८ दिन बन्द हुने 

पाल्पा - जिल्ला सदरमुकाम तानसेन-रानीमहल सडकखण्ड ४८ दिन बन्द हुने भएको छ । 
सडक डिभिजन कार्यालयले एक सूचना जारी गर्दै सडक यही माघ १७ देखि आगामी चैत ५ गतेसम्म बन्द हुने भएको जनाएको हो । सडक मर्मत गर्नुपर्ने भएकोले ४८ दिन पूणर्रूपमा बन्द रहने सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख बाबुराम सापकोटाले बताउनुभयो ।
सवारी आवागमन पूणर् रूपमा बन्द हुनेछ। उक्त सडकखण्डको अवलदेखि रानीमहलसम्म सडक ढलाई तथा मर्मत गर्ने काम हुनेछ । सडक चौबीसै घन्टा पूणर्रूपमा बन्द गरेर काम गरिने उनले बताए। यो सडक हुँदै यात्रा गर्ने यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न भनिएको छ ।
तानसेन नगरपालिका १ अर्गलीबाट छेर्लुङ हुँदै रानीमहल पुग्ने वैकल्पिक सडक प्रयोग गर्न सापकोटाले आग्रह गर्नुभयो । 

 

421098492_3670151739978294_2517677298699911637_n-1706341741.jpg
 

आर्यभन्ज्याङ- रामपुर सडक पनि दैनिक ५ घण्टा बन्द
आर्यभन्ज्याङ-रामपुर सडक दैनिक ५ घण्टा बन्द हुने भएको छ। बिहान साढे १० देखि दिउँसो साढे ३ बजेसम्म सडक बन्द रहनेछ। हुमिन-ताहुँ देउराली सडखण्डमा सडक स्तरोन्नति तथा मर्मत गर्ने काम हुनेछ ।
यही माघ १७ देखि फागुन १६ गतेसम्म सडक बन्द रहने सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख बाबुराम  सापकोटाले बताउनुभयो । 
ढुंगा माटो कटिङ गर्नका लागि सडक बन्द  गर्न लागिएको हो। एम्बुलेन्स, शव वाहन, दमकलजस्ता अत्यावश्यक सवारीसाधन भने संचालन हुनेछन् ।

 
 
प्रकाशित मिति: शनिबार, माघ १३, २०८०  १३:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update