Erani Mahal
पाल्पा- आर्यभन्ज्याङ- रामपुर सडक  दैनिक ५ घण्टा बन्द

पाल्पा - जिल्लाको आर्यभन्ज्याङ-रामपुर सडक दैनिक ५ घण्टा बन्द हुने भएको छ । बिहान साढे १० देखि दिउँसो साढे ३ बजेसम्म सडक बन्द रहनेछ। हुमिन-ताहुँ देउराली सडखण्डमा सडक स्तरोन्नति तथा मर्मत गर्ने काम हुनेछ । 

 


यही माघ १७ देखि फागुन १६ गतेसम्म सडक बन्द रहने सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख बाबुराम  सापकोटाले बताउनुभयो । 

 

 

ara-1706342167.jpg
 


ढुंगा माटो कटिङ गर्नका लागि सडक बन्द  गर्न लागिएको हो। एम्बुलेन्स, शव वाहन, दमकलजस्ता अत्यावश्यक सवारीसाधन भने संचालन हुनेछन् ।

 
प्रकाशित मिति: शनिबार, माघ १३, २०८०  १३:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update