Erani Mahal
किशाेरीकाे जीवन सुरक्षित बनाउन मेन्सुरल कप वितरण

पाल्पा  -  महिनावारी भएका बेला किशाेरीकाे जीवन सुरक्षित बनाउन मेन्सुरल कप वितरण गरिएकाे छ । नेपाल परिवार नियाेजन सङ्घका केन्द्रीय अध्यक्ष हिमाल कसजुले तानसेनस्थित माेहनकन्या मावि विव्यस अध्यक्ष विधान श्रेष्ठलाई उक्त कप प्रदान गर्नुभयाे ।

 

 

 

कपकाे प्रयाेगले विद्यालयमा अध्यननरत किशाेरीरूलाई महिनावारी भएका बेला सहज रूपमा हिड्डुल गर्न, खेल्न तथा यात्रा गर्न सहज हुने सङ्घका शाखा प्रवन्धक साेबाकान्त न्याैपानेले जानकारी दिनुभयाे ।

 

 

 

महिनावारी कप जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत ३०० विद्यार्थीलाई प्रदान गरिएकाे छ । सङ्घले आवश्यक तालिम दिएर कपकाे सुरक्षित प्रयाेग गर्न आग्रह गरेकाे छ । कप हस्तान्तरण कार्यक्रममा सङ्घका शाखा सभापति सुशील शाक्य, नेपाल पत्रकार महासङ्घ पाल्पाका अध्यक्ष रेखीराम राना, विद्यालयका प्रअ दिपक ज्ञवाली, सङ्घका काेषाध्यक्ष माधव अर्याल, करूवा अर्धसाप्ताहिकका सम्पादक कृष्ण कार्कीलगायतकाे सहभागिता रहेकाे थियाे ।

 
प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update