Erani Mahal
पाल्पामा ब्रह्मकुमारी विश्व विद्यालयको आध्यात्मिक प्रवचन 

पाल्पा–महाशिवरात्रीको अवसरमा ब्रह्मकुमारी इश्वरीय विश्व विद्यालयको आध्यात्मिक प्रवचन तानसेनमा भएको छ । तानसेन ५ कैलाशनगर केन्द्रको आयोजनामा  आध्यात्मिक  ज्ञान  बिषयमा  प्रबचन  कार्यक्रम  सम्पन्न  भएको  छ । कार्यक्रममा ब्रम्हकुमार भानु कुमार पौडे्लले शिवरात्रीको बारेमा   प्रबचन  दिनु भएको  थियो ।  

 

 

साथै उक्त अबसर मा ॐ शान्तिको झण्डोतोलन गरिएको  थियो । कार्यक्रममा  प्रेस चौतारी पाल्पाका पूर्व अध्यक्ष राजेन्द्र  लिगलले माउन्ट  आबुको अनुभव  सुनाउन हुँदै    अशान्ति बढेको  बेलामा  शिबबाबाको शिक्षा  अनुसरण  गर्दै   घरटोल  समाजमा शान्ति ल्याउनु पर्ने आवश्यकता  रहेको  बताउनु भयो । 

 

 


पतन्जलि योगका जिल्ला  अध्यक्ष  सुरेश श्रेष्ठ, समाजसेवी  गंगा पौडेल लगायत  ले शुभकामना दिनु भएको   थियो । कार्यक्रममा कैलाश नगर केन्द्रको सन्चालिका सगीता बहिनीले स्वागत  र पाल्पा केन्द्रका  प्रमुख  राजयोगिनी प्रेमा दिदीको सभापतित्व र ब्रम्हकुमार भाइ जिको सञ्चालनमा भएको थियो । 
 

 
प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  १३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update