Erani Mahal
तानसेनमा सरसफाईकर्मी तथा कार्यालय सहयोगीलाई सम्मान

पाल्पा –  अन्तरराष्ट्रिय नारी दिवशको अवसरमा तानसेन नगरपालिकाले सरसफाईकर्मी र कार्यालय सहयोगी कर्मचारीहरुलाई सम्मान गरेको छ । उपप्रमुख प्रतिक्षा सिंजालीले लक्षित वर्गको कार्यक्रम अनुसार विपन्न सरसफाईकर्मी र सहयोगी कर्मचारीको सम्मान तथा उनीहरुको स्वास्थ्य परीक्षण, लागु औषध तथा दुव्र्यसन सम्बन्धि प्रशिक्षण समेत दिएको बताउनुभयो । 

सिंजालीका अनुसार स्वास्थ्य सचेतना अभावले सरसफाईकर्मीहरुलाई जटिल रोग लाग्ने तथा आफ्नो कार्यकालमै २ जना कर्मचारीको रोग लागेर निधन भएकाले रोग लाग्न नदिन तथा सरसफाई र स्वास्थ्य सम्बन्धि चेतनाको साथै उनीहरुको कामको सम्मानको लागि सम्मान तथा प्रशिक्षण गरिएको बताउनुभयो । 
कार्यक्रममा कार्यालय सहयोगी ३२ जना, सरसफाईकर्मी १९ गरी ५१ जनालाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले समुदाय स्तरमा सरसफाईको काम गरेका र कार्यालयको व्यवस्थापनमा खट्ने तल्लोतहको कर्मचारीको मनोवल वृद्धिको लागि कार्यक्रम गरिएको बताउनुभयो । 
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख झविन्द्र बस्यालले स्वास्थ्य सम्बन्धि प्रशिक्षण दिनुभयो । यस्तै जिल्ला प्रहरी कार्यालय पाल्पाबाट लागु औषध दुव्र्यसनी सम्बन्धि प्रशिक्षण दिएको छ । यस्तै संविधान सभा सदस्य लिला सोमैले महिला अधिकार र कर्तव्य तथा कानूनी व्यवस्थाको विषयमा प्रशिक्षण गर्नुभयो । 

ttt-a-1709964601.jpg
नगर उपप्रमुख प्रतिक्षा सिंजालीको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी लगायतको सहभागिता रहेको थियो । 

प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  ११:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update