Erani Mahal
पाल्पामा  किशाेरी मृत घटनाकाे अपडेट : शव पाेष्ट मार्टमकाे लागि ल्याइयाे

पाल्पाकाे रिव्दीकाेट-१, ख्याहामा भेटिएकाे किशाेरीकाे शब पाेष्ट मार्टमका लागि तानसेन ल्याइएकाे छ । घटनाकाे स्थलगत अनुसन्धान पछि मृतककाे शब पाेष्टमार्टमका लागि तानसेन ल्याइएकाे प्रहरीले जनाएकाे छ ।

 

 

 

मङ्गलबार घरबाट नुहाउन हिँडेकी १८ वर्षकी पदमा सुनार बेलुकी ५ बजेतिर मृत भेटिएकी थिइन् । उनकाे हत्या भएकाे दावी गरिएकाे छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेकाे जनाएकाे छ ।

 

प्रहरीले घटनामा संलग्न भएकाे अाशंकामा स्थानीय दुइजना युवालाइ समेत पक्राउ गरेर अनुसन्धान थालेकाे जनाएकाे छ । 

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update