Erani Mahal
पाल्पामा बेवारीसे अवस्थामा भरुवा बन्दुक फेला

पाल्पा – जिल्लामा बेवारीसे अवस्थामा भरुवा बन्दुक फेला परेको छ । जिल्लाको रैनादेवी छहरा गाउँपालिकाको वडा नं ७ मा उक्त बन्दुक फेला परेको प्रहरीले जनाएको छ ।

 

 

अस्थाई प्रहरी पोष्ट बेलबासबाट गस्ति खटिई गएको टोलीले गस्ति गर्दै जाने क्रममा जिल्ला पाल्पा रैनादेवी छहरा गापा ७ ढावा स्थित रहेको चन्द्राकार सामुदायिक जंगलमा फेला परेको हो ।

 

 

उक्त जंगलमा १ नाले भरुवा बन्दुक थान-४ बेवारीसे अवस्थामा फेला पारी बरामद गरी जिल्ला प्रहरी कार्यालय पाल्पामा ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले बताउनुभयो ।

प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  १४:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update