Erani Mahal
पूर्वखोला विरकोटका  विदेशमा रहेका युवाद्वारा गाउँमा राहत सहयाेग
84425266_614440465837765_168763828682419581_n
पाल्पा - पूर्वखोला विरकोटका युवाहरुले कोभिड -१९ कोरोना भाइरस ले गर्दा आर्थिक रुपले कमजोर परिवारलाइ राहत प्रदान गरेकाे छ । लक डाउनले थप समस्या नहोस भनेर राहत सहयाेग गरेका हुन् । वैदेशिक रोजगारमा रहेकालाइ राहात स्वरुप नगद रु ६० हजार रुपैया सहयोग गरेका हुन् । नेपालमा रहेका मनोज जर्घाको नेतृत्वमा पूर्वखोला -५ बिरकोट आफरडाडाहरुका २३ जना युवाहरुले बैदेशिक रोजगारमा रहेका युवाहरुबाट सहयोग रकम जुटाएर राहत दिइएकाे हाे । गाउँमा आर्थिक अवस्था कमजोर रहेका २२ घर परिवारलाइ चामल , दाल , तेल लगायतका सामानहरु वडा अध्यक्ष धन बहादुर सिंजालीको अध्यक्षतामा वितरण गरिएकाे हो । वडा अध्यक्ष सिंजालीले सहयोग गर्ने सबै युवाहरुलाइ धन्यवाद दिनुभयाे । बैदेशीक रोजगारमा रहने प्रमोद ठाडाका अनुसार आर्थिक स्थिती कमजोर हुने घर परिवारलाइ केहि राहात वितरणका लागि बैदेसिक रोजगारीमा रहेका विभिन्न देसमा रहेका साथीहरु मिलेर सहयोग गरेको बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०७७  २२:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update