Erani Mahal
सत्यवतीको इटिहामा ४९ जनामा कोरोना परीक्षण :  ११ पाेजेटिभ
192680967_1216967112088408_218764764160865481_n
पाल्पा । जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा न -८ सत्यवती, इटिहा टोलमा मौसमी फ्लु काेराेनाकाे संक्रमण फैलिएको छ । विगत २ हप्ता देखि ज्वरो आउने,खोकि लाग्ने , शरीर दुख्ने , कमजोर हुने जस्ता लक्षणहरु गाउँ भरि देखिएको र लामो समय सम्म औषधी उपचार गर्दा समेत निको नभए पछि उक्त समस्या गाउपालिका स्वास्थ शाखामा जानकारी गराएका थिए । कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका कारण गाउपालिकाबाट कोरोना परीक्षण गर्नुपर्ने बताए अनुसार सोमबारका दिन गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जीवन रानाको नेतृत्वमा आएको कोरोना परीक्षण टोलिले कोरोना परीक्षण गरेको छ । स्थानीय ४९ जनाको एनटिजेन्ट विधिबाट परिक्षण गर्दा ३ पुरुष र ८ महिला गरी कुल ११ जनामा कोरोना पोजेटिभ देखिएको जनस्वास्थ्य निरिक्षक जीवन रानाले जानकारी दिनुभयो । साथै सत्यवती स्वास्थ चौकी प्रमुख मनोज रानाले सङक्मित व्याक्तिहरुलाई तातोपानी, झोलिलो कुराहरु , पोष्टिक पदार्थ खाने र आत्मबल बढाउने , नआत्तिने,सरकारले उपलब्ध गराएको औषधिहरु नियमित खाने,घरमा एकान्त बास बस्ने जस्ता कुराहरु पालना गरेमा उक्त रोगलाई जितिने बताउनु भयो ।
प्रकाशित मिति: सोमबार, जेठ २४, २०७८  २०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update