Erani Mahal
निस्दीमा अन्तर पालिका स्तरीय खुला पुरुष भलिबल शुरु
344743985_1380663782531278_2928664433984653260_n
पाल्पा - २३ बैशाख । निस्दी गाउँपालिका पाल्पामा अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता शनिबार देखि सन्चालन भएको छ । निस्दी गाउँपालिका वडा नम्बर-५,गल्धाको खेल मैदानमा सन्चालन भएको प्रतियोगिताको लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले एक कार्यक्रम बिच उद्घाटन गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका प्रदेश सदस्य श्रेष्ठले पछिल्लो समय खेलकुदको बिकासले महत्त्व पाएको बताउदै खेलले खेलाडीहरुलाई अनुशासित समेत बनाउने बताउनुभयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तिरन कुमारी श्रेष्ठले अहिले खेल मार्फत आफुलाई परिचित र व्यवसायी बनाउन सहयोग पुगेको भनाइ राख्नुभयो । निस्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले खेलकुदलाई पर्यटन बिकाससंग जोड्नु पर्ने बताउदै निस्दीको सकारात्मक पक्षलाई प्रचारप्रसार गर्नु सबैको जिम्मेवारी रहेकोमा जोड दिनुभयो । प्रतियोगिताको पहिलो दिन आयोजक निस्दी गाउँपालिका माथि रामपुर नगरपालिकाले पहिलो जीत हासिल गरेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा रामपुर नगरपालिकाले जीत आफ्नो पक्षमा पारेको हो । पाल्पा जिल्लाका ७ वटा पालिका र बाहिरी जिल्लाका ५ पालिकाहरुको सहभागिता रहने प्रतियोगिताका बाँकी खेलहरु भोलि बिहान ८ बजे देखि सन्चालन हुने खेल संयोजक उमेश गाहाले बताउनु भएको छ । वडा नम्बर-५,का वडाध्यक्ष दुर्ग बहादुर सोमैको अध्यक्षता भएको कार्यक्रमको सन्चालन होम राई मगरले गर्नुभएको हो ।
प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  २२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update