Erani Mahal
निस्दीमा अन्तर पालिका स्तरीय भलिबल प्रतियोगिता जारी
ddd
पाल्पा - निस्दी गाउँपालिका पाल्पामा प्रथम खुल्ला अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता सन्चालन भइरहेको छ । बैशाख २३ गते सन्चालन भइरहेको प्रतियोगिताको दोस्रो दिन बौदीकाली गाउँपालिका नवलपुर र तिनाउ गाउँपालिका बिचको खेलमा बौदीकाली गाउँपालिकाले जीत हासिल गरेको छ । त्यसैगरी कालीगण्डकी गाउँपालिका स्याङ्जा र रिब्दीकोट गाउँपालिका पाल्पाको खेलमा कालीगण्डकी गाउँपालिका बिजयी भएका छन् । गल्धाको ढुंगानाबेशीको खेलमैदानमा सन्चालन भएको खेलमा बर्दघाट नगरपालिका परासीले गलकोट नगरपालिका बाग्लुङ माथि जीत निकालेको हो । लीग चरण अनुसार सन्चालन गरिएको प्रतियोगितामा पाल्पाका ४ वटा पालिका र बाहिरी जिल्लाका ४ पालिकाहरुको सहभागिता रहेको निस्दी भलिबल संघका वरिष्ठ उपाध्यक्ष धन बहादुर जर्घाले जानकारी दिनुभएको छ । निस्दी गाउँपालिका पाल्पाको आयोजना र निस्दी भलिबल संघ पाल्पाको सह-आयोजनामा सन्चालन भएको बाँकी खेलहरु भोलि बिहान ८ बजे देखि शुरु गरिने खेल संयोजक उमेश कुमार गाहाले जनाउनु भएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update